दाङमा ६ वटा घर र दुई वटा गोठमा आगलागी

काठमाण्डु टुडे २०७६ वैशाख २५ गते १२:५३ मा प्रकाशित

दाङ, २५ वैशाख – घोराही उपमहानगरपालिका–१ माले गाउँमा रहेको छ वटा घर र २ वटा गोठमा आगलागी भएको छ । आगलागीबाट झण्डै ३१ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

घोराही उपमहानगरपालिका-१ को सल्लीकोट महिला सामुदायिक वन क्षेत्रबाट आएको आगो मंगलबर राति गाउँमा पसेकोजिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

तल्लो मालेका चुमान सिंह विष्टको घरगोठ जल्दा करिब ६ लाख रुपैयाँको क्षति भएको छ । त्यसैगरी गमबहादुर गमालको दुई वटा घरमा आगलागी हुँदा ११ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको छ ।

अर्का स्थानीय टुकमान गमालको टिनले छाएको एउटा घर जल्दा सात लाख र श्यामलाल विष्टको दुई वटा घर तथा एउटा गोठ जल्दा सात लाख बराबरको क्षति भएको दाङका प्रहरी प्रवक्ता डीएसपी विनोदविक्रम शाहले जानकारी दिए ।

आगलागीको सूचना पाउनासाथ प्रहरी चौकी रामपुरबाट प्रहरी सहायक निरीक्षक केशवसिंह धामीको नेतृत्वमा पुगेको प्रहरी र स्थानीयहरुले आगो नियन्त्रणमा लिएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us