बाघको छालासहित लाजिम्पाटबाट दुई जना पक्राउ

काठमाण्डु टुडे २०७६ वैशाख २४ गते १५:०१ मा प्रकाशित

काठमाण्डु,२४ बैशाख – प्रहरीले बाघको छालासहित २ जनालाई पक्राउ गरेको छ । काठमाण्डु महानगरपालिका–२ लाजिम्पाटबाट सोमबार बाघको १ थान छालासहित २ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा दार्चुला दुहु गाउँपालिका–१ घर भएका २९ वर्षीय नरेशबहादुर बम र सोही ठाउँ घर भएका २८ वर्षीय गोबिन्दसिहं महरा रहेको महानगरीय प्रहरी बृत्त दरबारमार्गका डिएसपी विनोद घिमिरेले जानकारी दिए ।

घटनाका सम्बन्धमा थप अनुसन्धान भैरहेको उनले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us