
काठमाण्डू, १३ असार– काठमाण्डू भ्यु टावरको काम गरिरहेका व्यावसायी एवं ठेकेदार मनोज भेटवाललाई प्रहरीले पक्राउ गरेको छ । पुरानो बसपार्कमा निर्माणाधीन काठमाण्डू भ्यू टावरको काम गरिरहेका व्यवसायी एवं ठेकेदार मनोज भेटवाललाई प्रहरीले पक्राउ गरेको हो ।
ठेकेदार भेटवाललाई आज (शुक्रबार) काठमाण्डूको अनामनगरबाट पक्राउ गरिएको हो । पक्राउ गरिएको भनिएपनि अहिलेसम्म आफूलाई जानकारी नभएको र पक्राउबारे बुझिरहेको जिल्ला प्रहरी परिसर काठमाण्डूका प्रवक्ता अपीलराज बोहोराले जानकारी दिएका छन ।
इनोभेटिभ कन्सेप्ट प्रालिका सञ्चालक भेटवालविरुद्ध अहिले जिल्ला प्रहरी परिसर काठमाण्डूमा १० करोडको बैंकिङ कसुरको जाहेरी दर्ता भएको थियो ।