
काठमाण्डू, १३ असार– यस बर्ष (०८१) माध्यामिक शिक्षा परीक्षा (एसईई)को नतिजा आज साझ ५ बजे प्रकाशन हुने भएको छ । परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले शुक्रबार साँझ साढे ५ बजे एसईई नतिजा सार्वजनिक गर्ने जानकारी दिएका छन ।
‘आजै पहिलो चरणको बोर्ड बैठक सकिएको छ । अर्को बैठक अपराह्न चार बजे बसेर साढे ५ बजे नतिजा सार्वजनिक हुन्छ’, शर्माले भने । ०८१ को एसईई परीक्षा ७ चैतदेखि सञ्चालन भएको थियो ।
परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएको परीक्षा बोर्डले जनाएको छ ।