प्रधानमन्त्री रोस्टममा पुग्दा कांग्रेसले हंगामा मच्चायो

काठमाण्डु टुडे २०७६ वैशाख २४ गते १५:२२ मा प्रकाशित

काठमाण्डु, २४ वैशाख – प्रधानमन्त्री केपी शर्मा ओलीले आक्रोस, कुन्ठा र निम्छरो अभिव्यक्तिहरुलाई वास्ता नगरेर प्रश्नहरुको जवाफ दिन्छु भनेपछि संसदमा हंगामा भएको छ । प्रमुख विपक्षी दल कांग्रेसका सांसदहरुले संसद अवरोध गरेका छन् ।  कांग्रेसका सांसद मीनबहादुर विकले ध्यानाकर्षण गराउँदा सभामुखले ध्यान नदिएको भन्दै कांग्रेस सांसदहरुले सदन अवरोधको प्रयास गरेका हुन् ।

सदन अवरोधको प्रयासपछि प्रधानमन्त्री ओलीले प्रश्न गरे, ‘प्रश्नको जवाफ चाहियो कि चाहिएन ? मर्यादित ढंगको व्यवहार प्रयोग गर्नुस् ।’

प्रधानमन्त्री ओलीले काँग्रेसका सांसदहरुले अपशब्द बोलेको भन्दै रेकर्ड सुनाउन सभामुखलाई आग्रह गरे ।

प्रधानमन्त्रीले रोष्टममा बोलिरेका बेला प्रधानमन्त्रीको जवाफ चिक्त नबुझेपछि काँग्रेसका सबै सांसदहरु आफ्नो सिटबाट उठेर आफ्ना प्रश्नको स्पष्ट जवाफ माग गरेका थिए ।

सभामुख कृष्णबहादुर महाराले पटक–पटक आफ्नो सिटमा बस्न कांग्रेसका सांसदहरुलाई आग्रह गरेपनि उनीहरुले विरोध गरिरहे ।

सभामुख महराले प्रधानमन्त्रीलाई अघि बढ्न आग्रह उनले संसदमा अपशब्द बोल्ने भन्दै प्रश्न गरे । उता काँग्रेस सांसदहरुले पनि रेकर्ड सुनाउन सभामुखलाई आग्रह गरे ।

काँग्रेस सांसदहरुका नाराबाजीका बीच प्रधानमन्त्री केपी ओलीले द्धन्द्धकालीन घटना समाधानका लागि सरकारले काम गरिरहेको बताएर आफ्नो जवाफ सकिएको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us