नक्कली अमेरिकी डलरसहित मलेसियन नागरिक पक्राउ

काठमाण्डु टुडे २०७६ वैशाख २४ गते १५:१४ मा प्रकाशित

काठमाण्डु,२४ बैशाख – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नक्कली अमेरिकी डलरसहित एक जना मलेसियन नागरिक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा राहदानी नम्बर ए ३५३३३४५३७ बाहक ४६ वर्षीय रुवेन दास अरुल रहेका छन् । उनको साथबाट नक्कली अमेरिकी डलर १ सय दरको १ थान बरामद भएको छ ।

त्रिभुवन अन्अन्तराष्ट्रिय बिमानस्थलमा मालिन्डो एयरको उडानद्वारा आएका उनले भिसा दस्तुर बुझाउने क्रममा बैंक काउन्टरमा नक्कली अमेरिकी डलर दिँदा पक्राउ गरिएको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us