कैलाली, ७ असार– कैलालीमा देवरले सुत्केरी भाउजुको हत्या गरेका छन् । गौरीगंगा नगरपालिका–७ कैलाशपुरकी १९ वर्षीया तुलसी नाथ शुक्रबार घरनजिकै नालामा मृत भेटिएकी थिइन् । हत्या अभियोगमा प्रहरीले मृतकका सहोदर देवर नवीन नाथलाई पक्राउ गरेको छ । कैलाली प्रहरी प्रमुख एसपी बाल नरसिंह राणाका...
काठमाण्डू, ७ असार– भारतमा बन्धक बनाइएका ३५ नेपालीको उद्धार गरिएको छ । नयाँ दिल्लीस्थित नेपाली राजदूतावासले उत्तराखण्ड प्रहरी र सामाजिक संस्थाको सहयोगमा अपहृत नेपालीको उद्धार गरेको हो । राम्रो जागिर मिलाइदिने प्रलोभनमा नेपालका विभिन्न जिल्लाका युवालाई उत्तराखण्डको काशिपुरमा बोलाएर बन्दी बनाइएको खुलासा गरेको छ...
काठमाण्डू, ७ असार– प्रधानमन्त्री केपी ओलीले आफूविरुद्ध गाली गर्न मिसन नै चलाइएको बताएका छन् । विश्व योग दिवसका अवसरमा शनिबार ललितपुरमा आयोजित कार्यक्रममा ओलीले आफूले देशका लागि काम गरिरहेको भए पनि गाली गर्ने मिसन चलाइएको बताए । आफूले सुशासन र विकासका लागि काम गर्दा...
काठमाण्डू, ७ असार– कांग्रेस सभापति शेरबहादुर देउवाले विदेशी नागरिकता लिइसकेकाहरुलाई नेपाली नागरिकता दिन नसकिने बताएका छन् । शनिबार ललितपुरमा आयोजित ‘सुगौली सन्धि र नेपालमा नागरिकता’ नामक पुस्तक विमोचन कार्यक्रममा उनले एकपटक विदेशी भइसकेका नेपालीलाई नागरिकता दिन नसकिने बताएका हुन् । ‘अर्को देशको नागरिकता लिइसकेपछि...
काभ्रे, ७ असार– काभ्रेको बनेपा नगरपालिका–७ मा गाडीको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा तेमाल गाउँपालिका–१ का ४५ वर्षीय ज्ञानध्वज तामाङ छन् । पनौतीबाट बनेपा आउँदै गरेको ना४च ५९४५ नम्बरको गाडीले विपरीत दिशामा रहेको बा।प्र०२–०२३प६०२३ नम्बरको स्कुटरलाइ ठक्कर दिएको हो ।...
काठमाण्डू, ७ असार– पछिल्लो दुई दिनको भारी वर्षापछि बाढी र पहिरोका कारण विभिन्न क्षेत्रका १० स्थानमा अवरुद्ध भएका सडकमध्ये आजसम्म ७ स्थानमा यातायात सञ्चालनमा आएका छन् । अझै तीन स्थानमा भने सडकमा यातायात ठप्प रहेको नेपाल प्रहरीका प्रवक्ता, प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले जानकारी...
काठमाडौं, ७ असार– एमाले संसदीय दलकी सचेतक सुनिता बरालले विदेशमा कार्यरत नेपाली श्रमिकलाई आपतकालीन अवस्थामा उद्धारका लागि ‘-यापिड एक्सन टिम’ बनाउन जरुरी देखिएको बताएकी छन् । प्रतिनिधिसभाको शनिबारको बैठकमा बरालले आगामी आर्थिक वर्ष ०८२/०८३ का लागि विनियोजित बजेटमाथिको छलफलमा सहभागी हुँदै परराष्ट्र मन्त्रालयमा त्यससम्बन्धी...
काठमाण्डू, ७ असार– गृहमन्त्री रमेश लेखकमाथि मानव तस्करी प्रकरणमा कारबाही माग गर्दै संसद् बैठक अवरुद्ध गर्दै आएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद्ले प्रतिनिधिसभा बैठक छाडेका छन् । सत्तापक्षका सांसदले बोल्न थालेपछि उनीहरु संसद् भवन छाडेर बाहिरिएका हुन् । विपक्षीका सांसद बोल्दासम्म उनीहरु संसदको...
काठमाण्डू, ७ असार– इजरायल–इरान युद्धका कारण इरानमा रहेका नेपालीलाई उद्धार गरिने भएको छ । भारत सरकारको सहयोगमा उनीहरुको उद्धार गरिने परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले बताइन् । इरानमा रहेका १६ जना नेपालीको उद्धारका निम्ति आफूले भारत सरकारसँग आग्रह गरेको जानकारी दिँदै उनले त्यसप्रति भारत...
काठमाण्डू, ७ असार– नेकपा एकीकृत समाजवादीका सांसद् किसानकुमार श्रेष्ठले काँग्रेस सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा तीन करोडभन्दा माथिका ७५ वटा योजना राखिएकामा आपत्ति जनाएका छन् । आर्थिक वर्ष ०८२/०८३ का लागि विनियोजित बजेटमाथि प्रतिनिधिसभामा खर्च कटौतीको प्रस्तावमा बोल्दै शनिबार उनले बजेट आवश्यकताका आधारमा...
चितवन, ७ असार– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले गोर्खा मिडियाका तत्कालीन अध्यक्ष जितेन्द्रबाबु (जिबी) राई माथि संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा मुद्धा दायर गरिएकामा आपत्ति जनाएका छन् । सहकारी ठगी कसुरमा पुर्पक्षका लागि भैरहवा कारागारमा रहेका लामिछानेले शुक्रबार सार्वजनिक अपिल जारी...
चितवन, ७ असार– पूर्वपश्चिम राजमार्गअन्तर्गत चितवनको राप्ती नगरपालिका–४ डडुवामा बस र माइक्रो बस ठोक्किँदा ५ जनाको मृत्यु भएको छ । दुर्घटनामा अरु ८ जना घाइते भएका छन् । धनगढीबाट काँकडभिट्टातर्फ जाँदै गरेको बसले विपरीत दिशाबाट भरतपुरतर्फ आउँदै गरेको इलेक्ट्रिक माइक्रोलाई ठक्कर दिएको प्रहरीले जनाएको...