काठमाण्डू, १८ असार– दैलेखमा कर्णाली नदीमा यात्रुबाहक बस खसेको छ । सुर्खेतबाट कालीकोट जाँदै गरेको क.प्र. ०२–००१ ख १०५५ नम्बरको गाडी साढे ११ बजेतिर चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ कर्णाली राजमार्गको साङगेतरास्थित कर्णाली नदीमा खसेको प्रहरीले जनाएको छ । सशस्त्र प्रहरीका केन्द्रीय सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार...
काठमाण्डू, १८ असार– पूर्व मन्त्री एवं एमाले उपाध्यक्ष विष्णु पौडेलविरुद्ध ६ दिन म्याद थप भएको छ । सम्पत्ति शुद्धीकरणको मुद्दामा अनुसन्धानको क्रममा पक्राउ परेका पौडेललाई तेस्रोपटक म्याद थप गरिएको हो । न्यायाधीशहरू हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले म्याद थपको आदेश दिएको...
काठमाण्डू, १८ असार– सर्लाहीको बसबरिया गाउँपालिका–१ मानपुरका २५ वर्षीय सन्तोषकुमार रायलाई आफ्नै छिमेकीको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीले बिहीबार पत्रकार सम्मेलन गरी उनलाई सार्वजनिक गरेको हो । प्रहरीका अनुसार सन्तोषले छिमेकी ५३ वर्षीय होसनारायण राय यादवको हत्या...
काठमाण्डू, १८ असार– त्रिवि सेवा आयोगका नवनियुक्त अध्यक्ष किशोर थापाले पद तथा गोपनीयताको शपथ लिएका छन । आज (बिहिबार) शिक्षा तथा खेलकुद मन्त्रालयमा विश्वविद्यालयका सहकुलपतिसमेत रहेका मन्त्री सस्मित पोखरेल समक्ष उनले शपथ लिएका हुन् । प्रधानमन्त्री तथा त्रिभुवन विश्वविद्यालयका कुलपति बालेन शाहले नेपाल सरकारका...
काठमाण्डू, १८ असार– सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो गाडी कर्णाली नदीमा खसेको छ । दैलेख, चामुण्डा बिन्द्रासैनी नगरपालिका ७ अन्तर्गत साङ्गेतरास्थित कर्णाली राजमार्गमा सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख १०५५ नम्बरको फोर्स गाडी कर्णाली नदीमा खसेको प्रहरीले जनाएको छ । गाडी...
काठमाण्डू, १८ असार– पूर्व प्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले देशको भौगोलिक अखण्डता माथि प्रहार भइरहेको बताएका छन । पोखरामा आयोजित पार्टीको भेलालाई सम्बोधन गर्दै मुलुकले सुगौली सन्धि यता ठूलो चुनौती सामना गर्नुपरेको प्रचण्डले बताए । संयोजक प्रचण्डले भने, ‘राष्ट्रिय...
काठमाण्डू, १८ असार– ‘नेपाली ब्रो’ भनिने कुमार थापामगरले श्रीमती ईश्वरी भुजेलको हत्या गरेको स्वीकार्द कानून बमोजिम सजाय भोग्न तयार रहेको बताएका छन । आफू अर्को युवतीसँग लागेपछी श्रीमतीसँग सम्बन्ध बिग्रिएको उनले स्विकार गरेका छन । कुमारका अनुसार ईश्वरीसँग सैनिक तालीमका क्रममा प्रेम परेर विवाह...
काठमाण्डू, १८ असार– प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रूपमा अमेरिका पठाउन लागिएको सुनचाँदीका गहनासहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ४६ वर्षीय यज्ञराज सुवेदी र ३४ वर्षीय रामप्रसाद दाहाल रहेको विमानस्थल सुरक्षा कार्यालयका एसपी राजकुमार सिलवालले जानकारी दिएका छन । विमानस्थलको कार्गो...
काठमाण्डू, १८ असार– वैदेशिक रोजगारीका सिलसिलामा आफन्त गुमाएका खोटाङका एक परिवारले २३ लाख पाएका छन । दक्षिण कोरियामा ज्यान गुमाएका खोटेहाङ गाउँपालिका–१ लिकुवापोखरीका धर्मराज तामाङको परिवारले आर्थिक सहायता तथा विमावापत २३ लाख रकम पाएका हुन । मृतक परिवारले वैदेशिक रोजगार बोर्डबाट आर्थिक सहायतावापत १०...
काठमाण्डू, १८ असार– संसद्मै इन्टरनेटको समस्या भएको छ । इन्टरनेट नभएपछि युट्युबमा आजको बैठकको प्रत्यक्ष प्रसारण हुन समेत सकेको छैन । आज प्रतिनिधिसभाको बैठक चार दिन पछि बसेको हो । यसअघि प्रतिनिधिसभाको बैठक यही असार १४ गते बसेको थियो । त्यसअघि प्रतिनिधिसभाको बैठक असार...
काठमाण्डू, १८ असार– ट्राफिक नियम उल्लंघन गरेको आरोपमा सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाह कारबाहीमा परेका छन । मुख्यमन्त्री शाहलाई कारबाही स्वरूप ५ सय रुपैयाँ जरिबाना तिराइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख रेशम आचार्यसहितका प्रहरी टोली...
काठमाण्डू, १८ असार– आज (बिहिबार) मन्त्रिपरिषद् बैठक बस्दैछ । मन्त्रिपरिष्दको बैठक दिउँसो २ बजेका लागि प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले बैठक बोलाएका हुन् । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।...