काठमाण्डू, १८ असार– संसद्मै इन्टरनेटको समस्या भएको छ । इन्टरनेट नभएपछि युट्युबमा आजको बैठकको प्रत्यक्ष प्रसारण हुन समेत सकेको छैन । आज प्रतिनिधिसभाको बैठक चार दिन पछि बसेको हो ।
यसअघि प्रतिनिधिसभाको बैठक यही असार १४ गते बसेको थियो । त्यसअघि प्रतिनिधिसभाको बैठक असार ५ गते बसेको थियो ।
आज बस्ने बैठकमा मन्त्रिपरिषद्को कार्यलयबाट प्राप्त सभामुखले पढेर सुनाउने कार्यक्रम छ । चार वटा अध्यादेश प्रतिस्थापन विधेयक अगाडि बढाउने कार्यक्रम पनि छ ।