काठमाण्डू, १९ असार– मेलम्ची खानेपानी आयोजनाको मुहानमा बाढी पसेपछि काठमाण्डू उपत्यकामा आपूर्ति भइरहेको पानी आजदेखि अस्थायी रूपमा बन्द भएको छ । काठमाण्डू उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का प्रवक्ता वीरबहादुर चन्दका अनुसार मेलम्चीको मुहानमा पानी धमिलो भएपछि प्रशोधन प्रक्रिया जटिल हुँदा मेलम्चीबाट सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा...
काठमाण्डू, १९ असार– फिफा विश्वकप २०२६ अन्तर्गत राउण्ड अफ ३२ को खेलमा अल्जेरियालाई २–० ले पराजित गर्दै स्विट्जरल्यान्ड को अन्तिम १६ मा प्रवेश गरेको छ । क्यानडाको बिसी प्लेस भ्यानकुभर स्टेडियममा भएको खेलमा स्विट्जरल्यान्डले दुवै हाफमा एक–एक गोल गरेका थिए । स्विट्जरल्यान्डका लागि ब्रिल...
काठमाण्डू, १८ असार– सरकारले काठमाण्डूमा ‘ब्लु बस’ सञ्चालन गर्ने तयारी गरेको छ । पहिलो चरणमा साझा यातायातका आठ वटा बसलाई ब्लु बसमा परिणत गर्ने तयारी भइरहेको पूर्वाधार विकास मन्त्रालयका उपसचिव ज्ञानराज लम्सालले जानकारी दिएका छन । उनले भने, ‘महिलाहरूलाई निःशुल्क र सुरक्षित यात्राका लागि...
काठमाण्डू, १८ असार– नेपाल सरकारका प्रवक्ता समेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलले सरकारले फिफाले एन्फालाई निलम्बन गरेको विषय अहिलेको सरकारले हस्तक्षेप गरेकाले मात्र नभएको बताएका छन । आज (बिहिबार) बसेको मन्त्रिपरिषद्को बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सरकारका प्रवक्ता पोखरेलले यस्तो बताएका हुन् । यसअिघका सरकारले विभिन्न...
काठमाण्डू, १८ असार– सम्बन्धमा रहँदा महिलासँग खिचेका नग्न तस्वीर, भिडियो सार्वजनिक गरिदिने भन्दै ब्ल्याकमेलिङ गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुपन्देहीको गैडहवा गाउँपालिका–८ का २० वर्षीय पवन निसाद रहेको प्रहरीले जनाएको छ । उनलाई प्रहरीको केन्द्रीय साइबर ब्यूरोले पक्राउ...
काठमाण्डू, १८ असार– कांग्रेसका तीन नेताबीच भेटवार्ता भएको छ । कांग्रेस नेता विमलेन्द्र निधिको निवास मध्यबानेश्वरमा निधि, प्रकाशमान सिंह र डा. शशांक कोइरालाबीच भेटवार्ता भएको स्रोतले जानकारी दिएको छ । तीन नेताबीच पार्टीको पछिल्लो राजनीतिक अवस्था, समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल जारी रहेको निधिको सचिवालय...
काठमाण्डू, १८ असार– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संसदीय दलका नेता ज्ञानबाहादुर शाहीले मुलुकी अपराध संहिता (संशोधन विधेयक)को मस्यौदाप्रति आपत्ति व्यक्त गरेका छन । आज (बिहिबार) बसेको प्रतिनिधिसभा बैठकमा शाहीले सांसदले संसदीय मामिला तथा कानुन मन्त्रालयले मुलुकी अपराध संहिता २०७४ को दफा ४९ लाई संशोधन...
काठमाण्डू, १८ असार– दैलेखमा कर्णाली नदीमा यात्रुबाहक बस खसेको छ । सुर्खेतबाट कालीकोट जाँदै गरेको क.प्र. ०२–००१ ख १०५५ नम्बरको गाडी साढे ११ बजेतिर चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ कर्णाली राजमार्गको साङगेतरास्थित कर्णाली नदीमा खसेको प्रहरीले जनाएको छ । सशस्त्र प्रहरीका केन्द्रीय सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार...
काठमाण्डू, १८ असार– पूर्व मन्त्री एवं एमाले उपाध्यक्ष विष्णु पौडेलविरुद्ध ६ दिन म्याद थप भएको छ । सम्पत्ति शुद्धीकरणको मुद्दामा अनुसन्धानको क्रममा पक्राउ परेका पौडेललाई तेस्रोपटक म्याद थप गरिएको हो । न्यायाधीशहरू हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले म्याद थपको आदेश दिएको...
काठमाण्डू, १८ असार– सर्लाहीको बसबरिया गाउँपालिका–१ मानपुरका २५ वर्षीय सन्तोषकुमार रायलाई आफ्नै छिमेकीको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीले बिहीबार पत्रकार सम्मेलन गरी उनलाई सार्वजनिक गरेको हो । प्रहरीका अनुसार सन्तोषले छिमेकी ५३ वर्षीय होसनारायण राय यादवको हत्या...
काठमाण्डू, १८ असार– त्रिवि सेवा आयोगका नवनियुक्त अध्यक्ष किशोर थापाले पद तथा गोपनीयताको शपथ लिएका छन । आज (बिहिबार) शिक्षा तथा खेलकुद मन्त्रालयमा विश्वविद्यालयका सहकुलपतिसमेत रहेका मन्त्री सस्मित पोखरेल समक्ष उनले शपथ लिएका हुन् । प्रधानमन्त्री तथा त्रिभुवन विश्वविद्यालयका कुलपति बालेन शाहले नेपाल सरकारका...
काठमाण्डू, १८ असार– सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो गाडी कर्णाली नदीमा खसेको छ । दैलेख, चामुण्डा बिन्द्रासैनी नगरपालिका ७ अन्तर्गत साङ्गेतरास्थित कर्णाली राजमार्गमा सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख १०५५ नम्बरको फोर्स गाडी कर्णाली नदीमा खसेको प्रहरीले जनाएको छ । गाडी...