दक्षिण कोरियामा मृत फेला परेका धर्मराजका परिवारले पाए २३ लाख

काठमाण्डु टुडे २०८३ असार १८ गते १३:१७ मा प्रकाशित

काठमाण्डू, १८ असार– वैदेशिक रोजगारीका सिलसिलामा आफन्त गुमाएका खोटाङका एक परिवारले २३ लाख पाएका छन ।

दक्षिण कोरियामा ज्यान गुमाएका खोटेहाङ गाउँपालिका–१ लिकुवापोखरीका धर्मराज तामाङको परिवारले आर्थिक सहायता तथा विमावापत २३ लाख रकम पाएका हुन ।

मृतक परिवारले वैदेशिक रोजगार बोर्डबाट आर्थिक सहायतावापत १० लाख र बीमावापत १३ लाख पाएको खोटेहाङ गाउँपालिका अन्तरगत आप्रवासी स्रोत उपकेन्द्रका पराशर्मकर्ता युवराज कालिकोटेले जानकारी दिएका छन ।

वैदेशिक रोजगारीका क्रममा २०८० मंसिर २६ गते दक्षिण कोरिया गएका तामाङको २०८२ मंसिर २२ गते मृत्यु भएको थियो । तामाङ झुण्डिएको अवस्थामा मृत फेला परेको आफन्तको भनाइ छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us