काठमाण्डू, २१ माघ– पूर्व मन्त्री एवं एमाले नेता गोकुल बास्कोटाले संसद पुनर्स्थापनाको आशामा हिउँ बर्सिएको टिप्पणी गरेका छन । संसद पुनर्स्थापनाको सुनुवाइ चुनावपछि धकेलिएपछि एमाले नेता बास्कोटाले यस्तो टिप्पणी गरेका हुन । नेकपा एमाले, नेपाली कांग्रेसका सांसदहरू संसद पुनर्स्थापनाको मुद्दा बोकेर सर्वोच्च गएका थिए।...
काठमाण्डू, २१ माघ– काठमाण्डू महानगरपालिकाले निर्वाचन आयोगले सोधेको स्पष्टीकरणको जवाफ पठाएको छ । निर्वाचन आचारसंहिता, २०८२ लागु भएपछि काठमाण्डू महानगरले ७० वर्ष र सोभन्दा माथिका ज्येष्ठ नागरिकलाई स्वास्थ्य सेवा दिन सुरु गरेको विषयमा निर्वाचन आयोगले स्पष्टीकरण पत्र काटेको थियो । जसको जवाफ पठाउँदै महानगरले...
काठमाण्डू, २१ माघ– राष्ट्रपति रामचन्द्र पौडेल जापानको औपचारिक भ्रमण सकेर स्वदेश प्रस्थान गरेका छन । बुधबार जापान टोकियोस्थित नारिता विमानस्थलबाट राष्ट्रपति पौडेल स्वदेश प्रस्थान गरेका हुन् । जापान सरकारको निमन्त्रणामा राष्ट्रपति पौडेल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइतबार राति नेपालबाट प्रस्थान गरेका थिए । उनको...
काठमाण्डू, २१ माघ– सशस्त्र प्रहरी बल, नेपालको सूचना अधिकारी तथा प्रवक्ताको जिम्मेवारी सशस्त्र प्रहरी नायव महानिरीक्षक (डिआइजी) विष्णु प्रसाद भट्टले प्रप्त गरेका छन । यसअघि सूचना अधिकारी तथा प्रवक्ता रहेका सशस्त्रका डिआइजी मनिष थापा सशस्त्र प्रहरी बल नेपाल नं.१ बराह बाहिनी मुख्यालय सुनसरीमा सरुवा...
काठमाण्डू, २१ माघ– पूर्व अर्थमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुन २०७९ सालको निर्वाचनमा जन्डिसले थलिएर कहिले अस्पताल त कहिले घरमै आराम गरिरहेका हुन्थे । यो निर्वाचनमा भने पुन गृहजिल्ला रोल्पामा घरदैलो कार्यक्रममा व्यस्त रहेका छन । एक मात्र संघीय निर्वाचन क्षेत्र रहेको...
काठमाण्डू, २१ माघ– बैतडीमा एक जना निर्वाचन प्रहरीको भिरबाट लडेर मृत्यु भएको छ । दशरथचन्द नगरपालिका–४ का ३२ वर्षीय प्रकाश चन्दको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख दीपककुमार रायले जानकारी दिएका छन । निर्वाचन प्रहरी चन्दको सुन्दरखाली मैदानमा सञ्चालित तालिम सकेर घरतर्फ गइरहेका बेला...
काठमाण्डू, २१ माघ– प्रधानमन्त्री सुशीला कार्कीले यस पटकको निर्वाचनमा करिब ३१ अर्ब खर्च हुने अनुमान गरिएको जानकारी गराएकी छन । राष्ट्रिय सेवा दलको कार्यक्रममा सहभागी हुन मंगलबार नवलपुर पुगेकी प्रधानमन्त्री कार्कीले पत्रकारहरुसँगको कुराकानीमा सो जानकारी गराएकी हुन । उनले चुनाव फागुन २१ गते नै...
काठमाण्डू, २० माघ– पूर्व मन्त्री एवं एमाले नेता प्रदीप यादवले युवाको शक्ति र सोचलाई सही उपयोग गर्ने बताएका छन । पर्सा क्षेत्र नम्बर १ का एमालेका उम्मेदवार समेत रहेका यादवले यस्तो बताएका हुन् । पछिल्लो समय जेनजीको नाममा भ्रम फैलाएर युवालाई गलत दिशामा लैजाने...
काठमाण्डू, २० माघ– पर्सामा जनता समाजवादी पार्टी (जसपा) नेपालबाट निर्वाचित दुई जना पालिका प्रमुख मंगलबार नेकपा एमालेमा प्रवेश गरेका छन । वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंह र बहुदरमाई नगरपालिकाका नगरप्रमुख सिंहासन साह तेली औपचारिक रूपमा आज एमालेमा प्रवेश गरेका हुन । जिल्लास्तरीय कार्यकर्ता भेला...
काठमाण्डू, २० माघ– पर्सामा जनता समाजवादी पार्टी (जसपा) नेपालबाट निर्वाचित दुई जना पालिका प्रमुख मंगलबार नेकपा एमालेमा प्रवेश गरेका छन । वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंह र बहुदरमाई नगरपालिकाका नगरप्रमुख सिंहासन साह तेली औपचारिक रूपमा आज एमालेमा प्रवेश गरेका हुन । जिल्लास्तरीय कार्यकर्ता भेला...
काठमाण्डू, २० माघ– आगामी २१ फागुनमा देशभर प्रतिनिधिसभा निर्वाचन हुँदैछ । यसका लागि निर्वाचन आयोगले आवश्यक तयारी गरिरहेको छ । आयोगले मतदान केन्द्र, मतदान स्थलहरूको टुंगो लगाइसकेको छ निर्वाचन आयोगले १६५ वटै निर्वाचन क्षेत्रको मतदाताको संख्या पनि टुंगो लागिसकेको छ । हरेक गाउँमा निर्वाचन...
काठमाण्डू, २० माघ– अघिल्लो पटक प्रदेश सभाको मतदानमा सहभागी नभएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ उपाध्यक्ष बालेन्द्र साह (बालेन)ले झापाका जनतासँग प्रदेश सरकारको बजेट र जनप्रतिनिधिको तलब भत्ताले देश नडुबेको तर्क गरेका छन । झापा– ५ मा रहेका सुकुम्बासी बस्तीका जनताले प्रदेशस्तरको बजेट कटौती...