समाचार

झापामा बालेनको सम्पर्क कार्यालय तोडफोड

२०८२ माघ २२ गते १२:२०

काठमाण्डू, २२ माघ– झापा– ५ मा पर्ने कमल गाउँपालिका–२ स्थित जयराम अधिकारीको घरमा रहेको रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार एवं वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)को सम्पर्क कार्यालयलाई निशाना बनाउँदै मध्यरातमा ढुङ्गा प्रहार भएको छ । उक्त घरको माथिल्लो तलामा रास्वपाले चुनावी...

कसैसँग गठबन्धन गर्दैनौं, पहिलो पार्टी बन्छौंः प्रचण्ड

२०८२ माघ २२ गते १२:१२

काठमाण्डू, २२ माघ– पूर्व प्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा सबैभन्दा धेरै सिट जितेर आफूहरु पहिलो पार्टी बन्ने बताएका छन । आज (बिहिबार) नेकपा केन्द्रीय निर्वाचन परिचालन समितिको जुम बैठकलाई सम्बोधन गर्दै संयोजक प्रचण्डले...

जुवातास खेलेको आरोपमा ललितपुरको खाजा घरबाट ९ पक्राउ

२०८२ माघ २१ गते १६:०२

काठमाण्डू, २१ माघ– प्रहरीले ललितपुर महानगरपालिका–१७ बाफल भेल्पास्थित खाजाघरमा जुवातास खेलेको आरोपमा ९ जना लाई पक्राउ गरेको छ । लमजुङको बन्दिपुर घर भएकी ५० वर्षीया विशु गुरूङले सञ्चालन गरेको गुरूङ खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा विशुसमेत ९ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो...

अब उम्मेदवारले चन्दा-सहयोग पनि बैंक खातामै राखेर प्रयोग गर्नुपर्ने

२०८२ माघ २१ गते १५:५३

काठमाण्डू, २१ माघ– अबबाट राजनीतिक दल तथा उम्मेदवारहरूले निर्वाचनका बेला पाउने नगद सहयोग तथा चन्दा पनि अबबाट बैंक खातामा राखेर मात्रै कारोबार गर्नुपर्ने भएको छ । निर्वाचन आयोगले राजनीतिक दल तथा उम्मेदवारहरूका लागि निर्वाचन अभियान बैंक खाता कार्यविधि, २०८२ मा त्यस्तो व्यवस्था गरेको हो...

गुल्मीमा एक पुरुष मृत फेला

२०८२ माघ २१ गते १५:४८

काठमाण्डू, २१ माघ– गुल्मी जिल्लाको इस्मा गाउँपालिका–२ राजचौर निवासी ४७ वर्षीय निमबहादुर कुमाल मृत अवस्थामा भेटिएका छन । मंगलबार बिहान करिब १० बजे घरबाट तम्घास जान्छु भन्दै हिंडेका कुमाल मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । उनी सम्पर्कमा नआएपछि आफन्तले खोजतलास गर्दै जाने...

काठमाण्डूबाट उड्नासाथ टर्किसको दायाँ इन्जिनमा आगलागी, बायाँका भरमा कोलकाता ‘डाइभर्ट’

२०८२ माघ २१ गते १५:४३

काठमाण्डू, २१ माघ– काठमाण्डूको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट टर्कीको इस्तानबुलका लागि उडेको टर्किस एयरलाइन्सको जहाजको दायाँ इन्जिनमा आगलागी भएको छ । टर्किसको उडान नम्बर ‘टीएचवाई ७२७’ को जहाज त्रिभुवन विमानस्थलबाट बुधबार दिउँसो १स्२८ बजे उडेको लगत्तै ४ मिनेटमा दायाँ इन्जिनमा आगलागी भएको विमानस्थलका महाप्रबन्धक टेकनाथ...

अरूलाई कटाक्ष गर्दैनौ, आफ्ना योजना कार्यान्वयन गर्छौँः ईश्वर पोखरेल

२०८२ माघ २१ गते १५:३६

काठमाण्डू, २१ माघ– एमाले नेता एवं काठमाण्डू–५ का उम्मेदवार ईश्वर पोखरेलले एमालेलाई सिध्याउन अनेकन षड्यन्त्र भइरहेको बताएका छन । आज (बुधबार) एमाले निकट प्रेस चौतारी नेपालले काठमाण्डूमा आयोजना गरेको उपत्यकाका १५ जना उम्मेदवारहरूसँगको संवादमा बोल्दै नेता पोखरेलले यस्तो बताएका हुन । एमाले नेता पोखरेलले...

सरकार सेना र पुलिसको ब्यारेकमा मतपेटिका राखेर चुनावमा धाँधली गर्न खोज्दैछः महेश बस्नेत

२०८२ माघ २१ गते १४:३५

काठमाण्डू, २१ माघ– एमालेका सचिव एवं भक्तपुर–२ बाट एमाले उम्मेदवार रहेका महेश बस्नेतले चुनावमा सरकार स्वयं धाँधली गर्न लागेको आरोप लगाएका छन् । एमाले नेता बस्नेतले हिमाली जिल्लामा मौसमका कारण निर्वाचन सार्ने र त्यही क्रममा मतपेटिका प्रहरी र सेनाका ब्यारेकमा मतपेटिका राखेर कसलाई जिताउने...

दलाई लामाका प्रतिनिधिलाई सरकारले संरक्षण गरेपछि चीनले चेतावनी दिएको छः एमाले उपाध्यक्ष बादल

२०८२ माघ २१ गते १४:१०

काठमाण्डू, २१ माघ– एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले वर्तमान सरकार देश जलाउनेहरूको सरकार नाङ्गिँदै गएको तर्क गरेका छन । आज (बुधबार) एमालेको मुख्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै एमाले उपाध्यक्ष बादलले यस्तो बताएका हुन । पूर्व मन्त्री समेत रहेका एमाले उपाध्यक्ष बादलले भने, ‘देश...

निर्वाचनबाट एमाले भाग्दैन: राजन भट्टराई

२०८२ माघ २१ गते १४:०२

काठमाण्डू, २१ माघ– एमालेका सचिव एवं काठमाण्डू क्षेत्र नं– ४ का प्रतिनिधिसभा सदस्य उम्मेदवार डा.राजन भट्टराईले संसद् पुनर्स्थापना लोकतन्त्र र संविधानलाई सहज बाटोमा फर्काउने उपाय भएको बताएका छन । आज (बुधबार) एमाले निकट प्रेस चौतारी नेपालले बुधबार काठमाण्डूमा आयोजना गरेको काठमाण्डू उपत्यकाका उम्मेदवारहरूसँगको पत्रकार...

विद्युत् चुहावट हुँदा बूढानीलकण्ठमा आगलागी

२०८२ माघ २१ गते १३:५४

काठमाण्डू, २१ माघ– काठमाण्डूको बूढानीलकण्ठ नगरपालिका–१३ चुनीखेलमा लागेको आगलागीबाट भएको क्षतिको विवरण सङ्कलनकार्य सुरु गरीएको छ । गएराति करिब ११ बजे विद्युत् सर्ट हुँदा चुनीखेल बस्तीमा रहेका दुईवटा जस्ताको टहरामा आगलागी भएको र तीन घण्टापछि आज बिहान उक्त आगलागी नियन्त्रणमा आएको जिल्ला प्रहरी परिसर...

कार दुर्घटनाः एक युवकको मृत्यु, ३ जना घाइते

२०८२ माघ २१ गते १३:०३

काठमाण्डू, २१ माघ– पूर्वपश्चिम राजमार्गअन्तर्गत सर्लाहीको ईश्वरपुरमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् । मृत्यु हुनेमा बुटबल उपमहानगरपालिका–१ का २७ वर्षीय शुभम् जैसवाल रहेको प्रहरीले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सरोज राईका...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us