दलाई लामाका प्रतिनिधिलाई सरकारले संरक्षण गरेपछि चीनले चेतावनी दिएको छः एमाले उपाध्यक्ष बादल

काठमाण्डु टुडे २०८२ माघ २१ गते १४:१० मा प्रकाशित

काठमाण्डू, २१ माघ– एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले वर्तमान सरकार देश जलाउनेहरूको सरकार नाङ्गिँदै गएको तर्क गरेका छन ।

आज (बुधबार) एमालेको मुख्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै एमाले उपाध्यक्ष बादलले यस्तो बताएका हुन । पूर्व मन्त्री समेत रहेका एमाले उपाध्यक्ष बादलले भने, ‘देश जलाउने र देश जलाउनेहरूको सरकार दिनप्रतिदिन नाङ्गिँदै गएको छ, ‘नङ्ग्याउने कुरामा देशभक्त र निष्पक्ष राजनीतिक विश्लेषकहरूले महत्त्वपूर्ण भूमिका खेलिरहेका छन् ।

संवैधानिक दृष्टिकोणले संविधानविद्हरूले पनि सरकारको भण्डाफोर गरिरहेका छन् ।’ सुशीला कार्की नेतृत्वको सरकार अवैध र थोपरिएको हो भन्ने भदौ २३ र २४ को परिघटनाको स्टेकहोल्ड मध्येका दुर्गा प्रसाईँले नै भन्न थालेको थापाको भनाइ छ । त्यसबाहेक भारत र चीनका राजनीतिक विश्लेषक र बुद्धिजीवीहरूले समेत भदौमा भएको आन्दोलन प्रतिक्रान्ति भनेर विश्लेषण भइरहेको बताए ।

उनले सरकारले चीन विरोधी मानिएका दलाई लामाका एक प्रतिनिधिलाई एयरपोर्टबाट राजकीय सम्मान र संरक्षण गरिरहेको बताए ।

‘त्यस घटनाबाट चाइनिजहरू उत्तेजित भएका छन् र दुई वटा विकल्प रोज्नुस् भनेका छन्’, बादलले भने, ‘या त चीन विरोधीलाई कारबाही र निकाला गरेर क्षमा याचना गर्नुपर्‍यो । त्यो नगर्ने हो भने यसको परिणाम भोग्न तयार हुनुपर्‍यो ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us