रवि लामिछानेले बोलाए सर्वदलीय बैठक

काठमाण्डु टुडे २०८३ साउन १२ गते २२:२२ मा प्रकाशित

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)  सभापति रवि लामिछानेले सुनसरी घटनालगायत विषयमा छलफल गर्न सर्वदलीय बैठक आह्वान गरेका छन् ।

रास्वपा महामन्त्री विपिनकुमार आचार्यले दिएको जानकारीअनुसार बैठक भोलि बिहान ८ बजे सिंहदरबारस्थित लेखा समितिको बैठक कक्षमा बस्नेछ ।
बैठकमा संसदमा रहेका सबै दलसहित उपेन्द्र यादव, महन्थ ठाकुर र सीके राउत नेतृत्वका दललाई समेत आमन्त्रण गरिएको छ ।

महामन्त्री आचार्यका अनुसार सबै दललाई पत्राचार गरिएको छ भने सभापति लामिछानेले विभिन्न दलका नेताहरूलाई फोन गरेर पनि बैठकमा सहभागी हुन आग्रह गरेका छन् ।

उनले अत्यन्तै संवेदनशील र दुःखद घटनाले सामाजिक रूपमा द्वेष फैलन सक्ने अवस्था सिर्जना भएकाले त्यसलाई न्यूनीकरण गर्दै सद्भाव र शान्ति सुरक्षा कायम गर्न राजनीतिक दलहरूबाट पनि सामूहिक सन्देश र अपिल आवश्यक ठानेर छलफल आयोजना गरिएको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us