काठमाण्डू, २१ माघ– पूर्वपश्चिम राजमार्गअन्तर्गत सर्लाहीको ईश्वरपुरमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् ।
मृत्यु हुनेमा बुटबल उपमहानगरपालिका–१ का २७ वर्षीय शुभम् जैसवाल रहेको प्रहरीले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सरोज राईका अनुसार आज बिहान लु-३च ५४७२ नम्बरको निजी कार दुर्घटना हुँदा जैसवालको मृत्यु प्रहरीले जानकारी दिएको छ ।
काँकरभिट्टाबाट बुटवलतर्फ गइरहेको कारका चालक बुटबल उपमहानगरपालिका–१ का २३ वर्षीय साहिल बर्मा, ४८ वर्षका वृजकिशोर बर्मा र ५२ वर्षका सञ्जय जैसवाल घाइते भएका छन् ।
घाइते सबैको बर्दिबासस्थित शुभस्वस्तिक अस्पतालमा उपचार उपचार भइरहेको छ । घाइतेमध्ये जैसवालको अवस्था गम्भीर छ ।