एमालेले युवाको शक्ति र सोचलाई सही उपयोग गर्छः प्रदीप यादव

काठमाण्डु टुडे २०८२ माघ २० गते १७:२९ मा प्रकाशित

काठमाण्डू, २० माघ– पूर्व मन्त्री एवं एमाले नेता प्रदीप यादवले युवाको शक्ति र सोचलाई सही उपयोग गर्ने बताएका छन । पर्सा क्षेत्र नम्बर १ का एमालेका उम्मेदवार समेत रहेका यादवले यस्तो बताएका हुन् ।

पछिल्लो समय जेनजीको नाममा भ्रम फैलाएर युवालाई गलत दिशामा लैजाने प्रयास भइरहेको उनले बताए । यादवले भने, ‘जेनजीको नाममा युवालाई भ्रममा पार्ने काम भइरहेको छ ।

तर युवा वर्ग विकास, रोजगारी र राष्ट्र निर्माणमा जोडिन चाहन्छन् । एमालेले युवाको शक्ति र सोचलाई सही दिशामा उपयोग गर्नेछ ।’ यादवले प्रतिनिधिसभा सदस्य निर्वाचनपछि मुलुकको नेतृत्व एमालेले गर्ने दाबी समेत गरे ।

प्रेस चौतारी नेपाल पर्साले मंगलबार वीरगञ्जमा आयोजना गरेको भेलामा यादवले जनताको स्पष्ट मत आएपछि एमाले नेतृत्वमा स्थिर र विकासमुखी सरकार गठन हुने विश्वास व्यक्त गरे ।

उनले देशको समग्र विकास, सुशासन र रोजगारी सिर्जनाका लागि एमाले नेतृत्व लिन पूर्ण रूपमा तयार रहेको समेत बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us