बैतडीमा भिरबाट लडेर निर्वाचन प्रहरीको मृत्यु

काठमाण्डु टुडे २०८२ माघ २१ गते ११:५६ मा प्रकाशित

काठमाण्डू, २१ माघ– बैतडीमा एक जना निर्वाचन प्रहरीको भिरबाट लडेर मृत्यु भएको छ । दशरथचन्द नगरपालिका–४ का ३२ वर्षीय प्रकाश चन्दको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख दीपककुमार रायले जानकारी दिएका छन ।

निर्वाचन प्रहरी चन्दको सुन्दरखाली मैदानमा सञ्चालित तालिम सकेर घरतर्फ गइरहेका बेला खरकटे सल्लेरी भन्ने स्थानमा भिरबाट लडेर आज बिहान मृत्यु भएको उनले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us