काठमाण्डू, २१ माघ– पूर्व मन्त्री एवं एमाले नेता गोकुल बास्कोटाले संसद पुनर्स्थापनाको आशामा हिउँ बर्सिएको टिप्पणी गरेका छन ।
संसद पुनर्स्थापनाको सुनुवाइ चुनावपछि धकेलिएपछि एमाले नेता बास्कोटाले यस्तो टिप्पणी गरेका हुन । नेकपा एमाले, नेपाली कांग्रेसका सांसदहरू संसद पुनर्स्थापनाको मुद्दा बोकेर सर्वोच्च गएका थिए। अदालतले फागुन २१ गतेको चुनावपछिका लागि सुनुवाइ धकेलेको हो ।
‘सर्वोच्चले संसद पुनर्स्थापनाको आशामा हिउँ वर्षाएछ। अब अन्टसन्ट नसोची जनमत बटुल्न बाटो तताए हुन्छ, जसलाई जित्नु छ । फेरि चुनावमा गठबन्धन नेताको, मनबन्धन जनताको हुन्छ,’ उनले भनेका छन् ।
गठबन्धनले जनताको मनबन्धन भत्काउन कठिन हुने पनि उनले बताएका छन्। बास्कोटाले थप लेखेका छन्, ‘अन्तिममा म्याच फिक्सिङको मौका भने छँदैछ।’