समाचार

फागुन २१ गतेको निर्वाचन मानकः प्रधानमन्त्री कार्की

२०८२ चैत ११ गते १५:४१

काठमाण्डू, ११ चैत– प्रधानमन्त्री सुशीला कार्कीले प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ सम्पन्न गराउने क्रममा निर्वाचन आयोगले कायम गरेको मानक आगामी निर्वाचनमा पनि यथावत् हुँदै जानुपर्ने बताएकी छन । प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ सम्पन्न भएको अवसरमा निर्वाचन आयोग नेपालले आज बहादुरभवनस्थित कार्यालय परिसरमा आयोजना गरेको जलपान...

निष्पक्ष रुपमा सभामुखको कार्यसम्पादन गर्छुः अर्जुननरसिंह केसी

२०८२ चैत ११ गते १५:२५

काठमाण्डू, ११ चैत– प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुनरसिंह केसीले निर्वाचनमा जनताबाट व्यक्त असीमित चाहना र आकांक्षालाई संसद् र सरकारले सम्बोधन गर्न सक्नुपर्ने बताएका छन । आज (बुधबार) राष्ट्रपति रामचन्द्र पौडेलसँग पद तथा गोपनियताको शपथ लिएका केसीले सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा पदबहालीपश्चात् प्रतिक्रिया दिँदै यस्तो...

हाम्रो पार्टीले सडकबाटै सरकार चलाउँछः कुलमान घिसिङ

२०८२ चैत ११ गते १५:२२

काठमाण्डू, ११ चैत– पूर्व मन्त्री एवं उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सडकबाटै सरकार चलाउने बताएका छन् । (बुधबार) काठमाण्डूमा आयोजित पार्टीको बाममती प्रदेशस्तरीय अगुवा भेलामा बोल्दै घिसिङले यस्तो बताएका हुन । उनले मुलुकलाई समृद्धिको बाटोमा लैजानका लागि सडकबाटै आम जनताको सरकारको रुपमा काम...

अनैतिक क्रियाकलापमा संलग्न २० विदेशी महिला ठमेलबाट पक्राउ

२०८२ चैत ११ गते १३:३०

काठमाण्डू, ११ चैत– प्रहरीले काठमाण्डूको ठमेलबाट २० जना विदेशी महिलाहरू पक्राउ परेका छन् । ठमेल क्षेत्रमा अनैतिक क्रियाकलाप तथा अभद्र व्यवहार गर्ने २० जना युगान्डाका महिलाहरू पक्राउ परेको जिल्ला प्रहरी परिसर, काठमाण्डूका एसपी पवन भट्टराईले जानकारी दिएका छन । उनका अनुसार, ती महिलाहरूलाई काठमाण्डू...

जेनजी सम्झौता च्यात्ने सोडारीले प्रधानमन्त्रीसँग मागे माफी

२०८२ चैत ११ गते १३:२६

काठमाण्डू, ११ चैत– सरकारसँग जेनजीहरूले गरेको सम्झौता च्यात्ने जेनजी मुभमेन्टका अगुवा अजय सोडारीले प्रधानमन्त्री सुशीला कार्कीसँग माफी मागेका छन । मंगलबार राति प्रधानमन्त्री निवास बालुवाटार पुगेका सोडारीले प्रधानमन्त्री कार्कीसँग माफी मागेको स्रोतले जानकारी दिएको छ । संविधान पुनर्लेखन नगरेको र शासकीय स्वरुप नफेरेको भन्दै...

निर्वाचन आयोगको जलपान समारोहमा प्रधानमन्त्री

२०८२ चैत ११ गते १३:१८

काठमाण्डू, ११ चैत– निर्वाचन आयोगले आयोजना गरेको जलपान समारोहमा प्रधानमन्त्री सुशीला कार्की सहभागी भएकी छन । उनी बुधबार आयोगको जलपान कार्यक्रममा सहभागी भएकी हुन् । आयोगले निर्वाचनपछि आज जलपान कार्यक्रम आयोजना गरेको हो । सो क्रममा प्रधानमन्त्री कार्कीले निर्वाचन सफल पार्न सहयोगी भूमिका खेल्ने...

अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण

२०८२ चैत ११ गते १३:१३

काठमाण्डू, ११ चैत– प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले संसद् सचिवालय पुगेर पदभार ग्रहण गरेका छन । सांसद केसीले आजै शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले केसीलाई शपथ ग्रहण गरेका थिए । शपथ लगत्तै उनी सिंहदरबारस्थित संसद् सचिवालय पुगेर पदभार ग्रहण गरेका हुन्...

सुनसरीमा एक महिला मृत फेला

२०८२ चैत ११ गते १३:०७

काठमाण्डू, ११ चैत– सुनसरीमा एक महिला मृत अवस्थामा भेटिएकी छन । सुनसरीको इटहरी उपमहानगरपालिका–५ डेरा गरी बस्ने मोरङ मिक्लाजुङ गाउँपालिका–८ घर भएकी ४१ वर्षीया मिना माझी मृत अवस्थामा फेला परेकी नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ । उनी आफ्नै कोठामा बुधबार मृत अवस्थामा...

के हुन्छ रवि लामिछानेको शपथ ?

२०८२ चैत ११ गते १३:०१

काठमाण्डू, ११ चैत– भोली (बिहिबार) गत २१ फागुनमा भएको प्रतिनिधि सभा सदस्यको निर्वाचनमा निर्वाचित भएका नवनिर्वाचित सांसदहरुले शपथ लिँदैछन् । यो सँगै पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको शपथ के हुन्छ भन्ने विषयमा आम चासो छ ।...

श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ

२०८२ चैत ११ गते १२:५३

काठमाण्डू, ११ चैत– प्रहरीले महोत्तरीबाट श्रीमती हत्या गरेको आरोपमा श्रीमान्लाई पक्राउ गरेको छ । ३७ वर्षीया अनिता देवी सदाको हत्या गरेको अभियोगमा भंगाहा नगरपालिका–९ हरिहरपुर बस्ने औराही नगरपालिका–२ चेपकट घर भएका ४२ वर्षीय वीरेन्द्र सदालाई प्रहरीले पक्राउ गरेको हो । बुधबार बिहान सदालाई पक्राउ...

पूर्वाञ्चल क्याफेको आगलागी नियन्त्रणमा

२०८२ चैत ११ गते १२:४८

काठमाण्डू, ११ चैत– सुनसरीको इटहरीस्थित पूर्वाञ्चल बेकरी क्याफेमा भएको आगलागी नियन्त्रणमा आएको छ । धरान रोडमा रहेको क्याफेको भान्साबाट बिहान करिब १० बजेदेखि सुरु भएको आगलागी नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी निरीक्षक हेमराज ओलीले जानकारी दिएका छन । आगलागीको कारण र क्षतिको...

प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ

२०८२ चैत ११ गते १२:४५

काठमाण्डू, ११ चैत– प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ लिएका छन । आज (बुधबार) शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीलाई शपथ ग्रहण गराएका हुन् । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us