काठमाण्डू, ११ चैत– प्रहरीले काठमाण्डूको ठमेलबाट २० जना विदेशी महिलाहरू पक्राउ परेका छन् । ठमेल क्षेत्रमा अनैतिक क्रियाकलाप तथा अभद्र व्यवहार गर्ने २० जना युगान्डाका महिलाहरू पक्राउ परेको जिल्ला प्रहरी परिसर, काठमाण्डूका एसपी पवन भट्टराईले जानकारी दिएका छन ।
उनका अनुसार, ती महिलाहरूलाई काठमाण्डू महानगरपालिका–२६ फायरचोकस्थित सडकखण्डबाट पक्राउ गरिएको हो । बाटो हिंड्ने विदेशी तथा स्वदेशी पर्यटक, सर्वसाधरण पुरुषहरूलाई अनावश्यक रुपमा बाटो छेकी अश्लिल क्रियाकलाप सम्बन्धी मोलमोलाइ गरी दुःख दिइरहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
उनीहरूलाई जिल्ला प्रशासन कार्यालय, काठमाण्डूबाट १२ दिनको म्याद थप अनुमति लिइ आवश्यक अनुसन्धान भइरहेको एसपी भट्टराईले जानकारी दिएका छन ।