श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ

काठमाण्डु टुडे २०८२ चैत ११ गते १२:५३ मा प्रकाशित

काठमाण्डू, ११ चैत– प्रहरीले महोत्तरीबाट श्रीमती हत्या गरेको आरोपमा श्रीमान्लाई पक्राउ गरेको छ । ३७ वर्षीया अनिता देवी सदाको हत्या गरेको अभियोगमा भंगाहा नगरपालिका–९ हरिहरपुर बस्ने औराही नगरपालिका–२ चेपकट घर भएका ४२ वर्षीय वीरेन्द्र सदालाई प्रहरीले पक्राउ गरेको हो । बुधबार बिहान सदालाई पक्राउ गरीएको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।

वीरेन्द्रले अनिताको हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट कञ्चनबनबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us