समाचार

गगनको प्रष्टीकरणः हतार र हतासमा राजीनामा दिएको थिइनँ, दबाब पनि थिएन

२०८२ चैत १० गते १४:०२

काठमाण्डू, १० चैत– कांग्रेसका सभापति गगन कुमार थापाले आफूले कुनै हतार र हतासमा आएर राजीनामा नदिएको बताएका छन । आज (मंगलबार) पार्टी केन्द्रीय कार्यसमितिको बैठकलाई सम्बोधन गर्दै उनले पार्टीको विधान अनुसार आफूले उपसभापति विश्वप्रकाश शर्मासमक्ष राजीनामा पेश गरेको बताए । सभापति थापाले भने, ‘फागुन...

रवि लामिछानेविरुद्धको रिटमा सर्वोच्चमा आज पनि सुनुवाइ

२०८२ चैत १० गते १२:३९

काठमाण्डू, १० चैत– पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि सहकारी ठगीसँगै दायर भएको सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दाको अभियोगपत्र फिर्ताविरुद्धको रिट सर्वोच्च अदालतमा आज पनि निरन्तर सुनुवाइ हुँदैछ । सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

२०८२ चैत १० गते १२:३४

काठमाण्डू, १० चैत– आज (मंगलबार) कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दैछ । ललितपुरको सानेपामा रहेको केन्द्रीय कार्यालयमा दिउँसो १ बजे केन्द्रीय कार्यसमिति बैठक बस्न लागेको हो । कांग्रेस सभापति गगनकुमार थापा प्रतिनिधिसभा निर्वाचनपछि पहिलोपटक केन्द्रीय कार्यसमिति बैठकमा उपस्थित हुने बताइएको छ । यसअघि गत शुक्रबारबाट...

सिटी सफारीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

२०८२ चैत १० गते १२:३०

काठमाण्डू, १० चैत– झापाको कचनकवल गाउँपालिका–४ मा सवारी साधन (सिटी सफारी)को ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा ५० वर्षीय शुकदेव गणेश रहेको जिल्ला प्रहरी कार्यलय झापाले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार सोमबार राति बनियानीबाट लोधाबारी...

जिप दुर्घटना हुँदा चालकको मृत्यु

२०८२ चैत १० गते १२:२५

काठमाण्डू, १० चैत– पर्वतमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । कालीगण्डकी लोकमार्ग अन्तर्गत फलेवास नगरपालिका–४ मुडिकुवास्थित कुश्मा–फलेवास सडकस्थित कालीगण्डकी किनारमा जिप दुर्घटनमा हुँदा चालक सज्जन परियारको मृत्यु भएको छ । जिल्ला सदरमुकाम कुश्माबजारबाट युरिया मल लिएर फलेवास नगरपालिकातर्फ गइरहेको ग१ज ८०२९...

कार्की आयोग प्रतिवेदन सार्वजनिक गर्ने तयारी

२०८२ चैत १० गते १२:०५

काठमाण्डू, १० चैत– सरकारले जेनजी आन्दोलनका घटना जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने तयारी गरेको छ । प्रतिवेदन गोप्य राखेको भनेर सर्वत्र प्रश्न उठिरहेका बेला सरकारले सार्वजनिक गर्ने तयारी उच्च स्रोतले जनाएको छ । उच्च सरकारी स्रोतका अनुसार प्रधानमन्त्री सुशीला कार्की प्रतिवेदन सार्वजनिक गर्नुअघि सरकारका...

भ्रष्टाचार रोक्न सकेन भने रास्वपा पनि हराएर जान्छः महावीर पुन

२०८२ चैत १० गते ११:३८

काठमाण्डू, १० चैत– पूर्व मन्त्री महावीर पुनले आगामी सरकारले पहिलो दिनदेखि नै भ्रष्टाचारीहरूलाई नियम पुर्‍याएर कहिल्यै उठ्न नसक्ने गरी नंग्याउनु पर्ने तर्क गरेका छन । म्याग्दीबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित पुनले मंगलबार बिहान सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै यस्तो बताएका हुन । उनले भ्रष्टाचारीहरूलाई कारबाही...

ओलीलाई समवेदना दिन पुगे रेनु र गंगा

२०८२ चैत ९ गते १६:४१

काठमाण्डू, ९ चैत– पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीलाई समवेदना दिन नेकपाका संयोजक प्रचण्डका पुत्रीहरू रेनु दाहाल र गंगा दाहाल भक्तपुरस्थित गुन्डु पुगेका छन् । ओलीका पिता मोहनप्रसाद ओलीको फागुन २९ गते ९७ वर्षको उमेरमा निधन भएको थियो । रेनुले पिता मोहनप्रसादलाई...

सिंहदरबारमा रास्वपालाई सबैभन्दा ठूलो कार्यकक्ष

२०८२ चैत ९ गते १६:३५

काठमाण्डू, ९ चैत– सङ्घीय संसद् सिंहदरबारभित्रबाटै सञ्चालन हुने तयारीसँगै नवनिर्वाचित ६ राष्ट्रिय दलका संसदीय कार्यालयहरू व्यवस्थापन अन्तिम चरणमा पुगेको छ । दलहरूको सांसद सङ्ख्या र पदाधिकारीको आवश्यकताअनुसार कक्षहरू छुट्याइएको छ भने अधिकांश स्थानमा रङ्गरोगन, कार्पेट र फर्निचर जडानको काम सम्पन्न भइसकेको बताइएको छ ।...

उपराष्ट्रपति यादव र बङ्गलादेशका राजदूत रहमानबिच शिष्टाचार भेटवार्ता

२०८२ चैत ९ गते १६:३०

काठमाण्डू, ९ चैत– उपराष्ट्रपति रामसहायप्रसाद यादव र नेपालका लागि बङ्गलादेशका राजदूत मो. शफिकुर रहमानबिच शिष्टाचार भेटवार्ता भएको छ । लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा आज भएको भेटमा उनीहरुबीच शुभकामना आदान–प्रदानसँगै द्विपक्षीय सम्बन्धका बहुआयामिक पक्षहरूबारे छलफल भएको उपराष्ट्रपतिको सचिवालय स्रोतले जानकारी दिएको छ । उपराष्ट्रपति यादवले सन्...

धर्मस्थलीमा एक पुरुष मृत फेला

२०८२ चैत ९ गते १६:२५

काठमाण्डू, ९ चैत– काठमाण्डूको तारकेश्वर नगरपालिका–६ मा एक पुरुष मृत अवस्थामा भेटिएका छन । तारकेश्वर नगरपालिका–६ धर्मस्थली बस्ने सिन्धुपाल्चोक घर भएका ६० वर्षीय खिका बहादुर अधिकारी मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । अधिकारी आफ्नै कोठामा सोमबार मृत अवस्थामा फेला परेको नेपाल प्रहरीको...

१५ औं महाधिवेशन मितिबारे छलफल गर्न कांग्रेसले बोलायो बैठक

२०८२ चैत ९ गते १६:२१

काठमाण्डू, ९ चैत– कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक भोलि बस्ने भएको छ । बैठक भोलि दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने पार्टी कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिएका छन । भोलीको बैठकमा पार्टीको १५ औं महाधिवेशनको मिति तय गर्नेबारे छलफल हुने कांग्रेसका...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us