जिप दुर्घटना हुँदा चालकको मृत्यु

काठमाण्डु टुडे २०८२ चैत १० गते १२:२५ मा प्रकाशित

काठमाण्डू, १० चैत– पर्वतमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । कालीगण्डकी लोकमार्ग अन्तर्गत फलेवास नगरपालिका–४ मुडिकुवास्थित कुश्मा–फलेवास सडकस्थित कालीगण्डकी किनारमा जिप दुर्घटनमा हुँदा चालक सज्जन परियारको मृत्यु भएको छ ।

जिल्ला सदरमुकाम कुश्माबजारबाट युरिया मल लिएर फलेवास नगरपालिकातर्फ गइरहेको ग१ज ८०२९ नम्बरको सो जिप सोमबार साँझ सडकबाट झन्डै ३० मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यलय पर्वतले जानकारी दिएको छ ।

जीपमा ३५ वर्षीय चालक एक्लै रहेका थिए । चालक परियारको उद्धार गरी प्रदेश अस्पतालमा ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दिनेश पौडेलले जानकारी दिएका छन ।

वर्षाका कारण उकालो बाटो चिप्लो भएका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीले जनाएको छ । सशस्त्र प्रहरी बल चण्डिका गण र जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले कठिन अवस्थामा उद्धार कार्य सम्पन्न गरेको सशस्त्र प्रहरी बल उपरीक्षक क्षितिज क्षेत्रीले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us