भ्रष्टाचार रोक्न सकेन भने रास्वपा पनि हराएर जान्छः महावीर पुन

काठमाण्डु टुडे २०८२ चैत १० गते ११:३८ मा प्रकाशित

काठमाण्डू, १० चैत– पूर्व मन्त्री महावीर पुनले आगामी सरकारले पहिलो दिनदेखि नै भ्रष्टाचारीहरूलाई नियम पुर्‍याएर कहिल्यै उठ्न नसक्ने गरी नंग्याउनु पर्ने तर्क गरेका छन ।

म्याग्दीबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित पुनले मंगलबार बिहान सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै यस्तो बताएका हुन । उनले भ्रष्टाचारीहरूलाई कारबाही गर्दा नियम बाधक बने तत्काल नयाँ नियम बनाउनु पर्ने पनि बताएका छन ।

पुनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन, ‘अब आउने रास्वपाको सरकारले पहिलो दिनदेखि नै भ्रष्टाचारीहरुलाई नियम पुर्‍याएर कहिल्यै उठ्न नसक्ने गरी नंग्याउनु पर्छ, ‘नियमले छेक्यो भने तुरुन्त नयाँ नियम बनाउनु पर्छ ।’

सरकारले भ्रष्टाचार रोक्न नसके जनतालाई ठूलो धोका हुने र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पनि कालान्तरमा हराएर जाने पूर्वमन्त्री पुनको टिप्पणी छ । ‘तीन महिनाभित्र जनताले सुशासनको अनुभुति गर्न सकुन्,’ उनले भनेका छन्, ‘भ्रष्टाचार र कुशासन हटाउन सरकारलाई मैले पूर्ण सहयोग गर्नेछु ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us