कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाण्डु टुडे २०८२ चैत १० गते १२:३४ मा प्रकाशित

काठमाण्डू, १० चैत– आज (मंगलबार) कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दैछ । ललितपुरको सानेपामा रहेको केन्द्रीय कार्यालयमा दिउँसो १ बजे केन्द्रीय कार्यसमिति बैठक बस्न लागेको हो ।

कांग्रेस सभापति गगनकुमार थापा प्रतिनिधिसभा निर्वाचनपछि पहिलोपटक केन्द्रीय कार्यसमिति बैठकमा उपस्थित हुने बताइएको छ । यसअघि गत शुक्रबारबाट सुरू भएको बैठकमा उनी अनुपस्थित थिए ।

आइतबार सम्पन्न बैठकले सभापति थापाले दिएको राजीनामा अस्वीकृत गरेको थियो । निर्वाचनमा पार्टीले बेहोरेको लज्जास्पद पराजयपछि दिएको राजीनामा अस्वीकृत भएपछि थापाले फेरि कार्यसमिति बैठक बोलाएका हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us