समाचार

प्रदेश सरकारहरूले कानुन कार्यान्वयनको क्षमता देखाएनन्ः कांग्रेस नेता सिटौला

२०८२ माघ २० गते १६:४७

काठमाण्डू, २० माघ– कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले प्रदेश सरकारहरूले आफ्नो अधिकारअनुसार कानुन निर्माण गर्ने र त्यसलाई कार्यान्वयन गर्ने क्षमता देखाउन नसकेको तर्क गरेका छन । आज (मंगलबार) सिंहदरबारमा बसेको राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बैठकमा बोल्दै कांग्रेस राष्ट्रिय सभा सदस्य समेत रहेका नेता सिटौलाले...

नेकपासँग तालमेलबारे पृथ्वीसुब्बाः गीत गाइरहने कुरा हो, म सम्भव देख्दिनँ

२०८२ माघ २० गते १६:४३

काठमाण्डू, २० माघ– पूर्व मन्त्री एवं एमालेका उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङले प्रतिनिधिसभा निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टी सँग तालमेलको सम्भावना नरहेको बताएका छन । आज (मंगलबार) काठमाण्डूमा एमाले निकट प्रेस चौतारी नेपालले आयोजना गरेको कार्यक्रममा बोल्दै एमाले उपाध्यक्ष गुरुङले यस्तो बताएका हुन । उनले २३ र...

खोटाङमा सुमो दुर्घटना, भुटानी नागरिकसहित तीन घाइते

२०८२ माघ २० गते १६:१३

काठमाण्डू, २० माघ– खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडास्थित लाकुरीभञ्ज्याङमा सुमो दुर्घटना हुँदा तीन जना घाइते भएका छन । केपिलासगढी गाउँपालिका–४ बाक्सिलाबाट हलेसी हुँदै काठमाण्डू जाँदै गरेको ना १ ज ८७८१ नम्बरको सुमो दुर्घटनामा भुटानका एकसहित तीन यात्रु घाइते भएको प्रहरीले जनाएको छ । मध्यपहाडी...

बालेन्द्रले मात्रै प्रयोग गर्ने गरेको महानगरको लिफ्ट सर्वसाधारणका लागि खुला

२०८२ माघ २० गते १४:५३

काठमाण्डू, २० माघ– काठमाण्डू महानगरपालिकाका निवर्तमान मेयर बालेन्द्र शाह (बालेन) ले मात्रै प्रयोग गर्ने गरेको लिफ्ट सेवाग्राहीका लागि खुल्ला गरीएको छ । आइतबारबाट उक्त लिफ्ट सेवाग्राहीका लागि खुला गरिएको महानगरका प्रवक्ता नवीन मानन्धरले जानकारी दिएका छन । कार्यवाहक मेयर सुनिता डङ्गोलको निर्देशनमा लिफ्ट सेवाग्राहीका...

फागुनको पहिलो साता पार्टीको र झापा–५ को छुट्टाछुट्टै घोषणापत्र आउँछः बालेन

२०८२ माघ २० गते १४:४१

काठमाण्डू, २० माघ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता एवं आगामी निर्वाचनमा रास्वपाबाट प्रधानमन्त्रीका उम्मेदवार बनेका बालेन्द्र शाह (बालेन) ले झापा–५ का सुकुम्बासी बस्तीका स्थानीयहरूसँग छलफल गरेका छन् । आज (मंगलबार) भएको छलफलका क्रममा स्थानीयले एजेन्डाबारे प्रश्न गरेपछि बालेनले सबै एजेन्डा समेटेर घोषणापत्र ल्याउने...

मैले चुनाव हार्नुपर्ने कारण छैन, लमजुङबाट चुनाव जितेरै आउँछुः एमाले उपाध्यक्ष गुरुङ

२०८२ माघ २० गते १४:३७

काठमाण्डू, २० माघ– पूर्व मन्त्री एवं एमाले उपाध्यक्ष पृथ्वी सुब्बा गुरुङले लमजुङबाट आफूले चुनाव जितेर आउने बताएका छन । आज (मंगलबार) प्रेस चौतारी नेपालले गरेको साक्षात्कारमा बोल्दै गुरुङले आफू चुनाव जितेरै आउने दाबी गरे । ‘लमजुङमा मैले चुनाव हार्नुपर्ने कारण छैन, चुनाव जितेर आउँछु’,...

कांग्रेसमा ३० दिने विशेष रणनीति लागू

२०८२ माघ २० गते १४:३२

काठमाण्डू, २० माघ– कांग्रेसले फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी ‘जसको जिम्मेवारी जहाँ, उसले खट्ने त्यहाँ’ नामक ‘विशेष रणनीति’ लागू गरेको छ । कांग्रेसले उपसभापति विश्वप्रकाश शर्मा नेतृत्वको निर्वाचन परिचाल समितिले ‘निर्वाचन परिचालन निर्देशिका’ बनाएको छ । त्यो निर्देशिकामा ३० दिन ‘जसको जिम्मेवारी...

खैरो हेरोइनसहित चन्द्रगढी विमानस्थलबाट युवती पक्राउ

२०८२ माघ २० गते १४:२०

काठमाण्डू, २० माघ– भद्रपुरस्थित चन्द्रगढी विमानस्थलबाट यति एयरलायन्सको उडान नं ९२६ बाट काठमाण्डू जान लागेकी हुम्लाको जिल्ला खार्पुनाथ गाउँपालिका–२ की २६ वर्षीया रोशनी बुढा लागुऔषध खैरो हेरोइनसहित पक्राउ परेकी छन् । भारतको कोलकातास्थित जापानिज रेस्टुरेन्टमा विगत दुई वर्षदेखि वेटरका रुपमा कार्यरत उनलाई विमानस्थल सुरक्षा...

सरकारले संघीयताको भावनाअनुसार काम गर्न सकेनः कांग्रेस नेता सिटौला

२०८२ माघ २० गते १४:१५

काठमाण्डू, २० माघ– कांग्रेसका नेता कृष्ण प्रसाद सिटौलाले संघीयता भावना अनुसार संघीय सरकारले काम गर्न नसकेको तर्क गरेका छन । आज (मंगलबार) सिंहदरबारमा बसेको राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिमा सिटौलाले यस्तो बताएका हुन । उनले जुनसुकै दलको नेतृत्वमा सरकार बनेपनि संघीयता भावना अनुसार संघीय...

बसको ठक्करबाट पैदल यात्रीको मृत्यु

२०८२ माघ २० गते १४:०८

काठमाण्डू, २० माघ– काठमाण्डू–मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको इच्छाकामनामा बसको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा गोर्खाको शहीद लखन गाउँपालिका–२ का ३४ वर्षीय जीवन परियार रहेको प्रहरीले जनाएको छ । धनगढीबाट काठमाण्डूतर्फ आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३३६८ नम्बरको...

म्याग्दी रघुगङ्गाको जङ्गलमा २ थान भरुवा बन्दुक फेला

२०८२ माघ २० गते १२:३२

काठमाण्डू, २० माघ– म्याग्दीको रघुगङ्गा गाउँपालिका–५ मा पर्ने झीँ गाउँको जङ्गलमा बेवारिसे अवस्थामा लुकाइराखेका दुई थान भरुवा बन्दुक फेला परेको छ । जिल्ला प्रहरी कार्यालयको सूचनाका आधारमा पाखापानी प्रहरीचौकीबाट खटिएको टोलीले सोमबार पाखापानीको जङ्गलबाट भरुवा बन्दुक बरामद गरेको हो । जङ्गलमा राखेर रातको समयमा...

प्रभु बैंकको सीईओमा सुमन शर्मा नियुक्त

२०८२ माघ २० गते १२:२८

काठमाण्डू, २० माघ– प्रभु बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुमन शर्मा नियुक्त भएका छन । बैंक मंगलबार बसेको सञ्चालक समिति बैठकले बैंकर शर्मालाई चार वर्षका लागि सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । बैंकिङ क्षेत्रमा २५ वर्ष लामो अनुभव भएका शर्मा अनुभवी र कुशल...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us