समाचार

एकैदिन १२ हजार ५ सय रुपैयाँ घट्यो सुन

२०८२ चैत ८ गते १२:१३

काठमाण्डू, ८ चैत– साताको कारोबारको पहिलो दिन आज (आइतबार) नेपाली बजारमा सुनको भाउ प्रतितोला १२ हजार ५ सय रुपैयाँ घटेको छ । आजको लागि सुनको भाउ प्रतितोला २ लाख ८२ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । अघिल्लो दिन...

मिथिलाञ्चलमा आजदेखि चैती छठ सुरु

२०८२ चैत ८ गते ८:४१

महोत्तरी, ८ चैत- महोत्तरीसहित नेपाल र भारतका सम्पूर्ण मिथिलाञ्चलमा आजदेखि विधिवत चैती छठ पर्व सुरु भएको छ । चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने चैती छठ पर्व आजदेखि तराईको महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहट, बारा, पर्सालगायत सम्पूर्ण मिथिलाञ्चलभरि धार्मिक विधिपूर्वक सुरु...

पाल्पामा टिपर दुर्घटना, चारको मृत्यु

२०८२ चैत ८ गते ८:३८

काठमाण्डू, ८ चैत- पाल्पामा टिपर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । झडेवाबाट रहबास चुनढुंगा खानीतर्फ जाँदै गरेको लु२ख४५२५ नम्बरको टिपर शनिबार साँझ माथागढी गाउँपालिका ७ रहबास स्थित झडेवा–रहबास सडक खण्डबाट ५० मिटर तल खसेर दुर्घटना भएको हो । दुर्घटनामा चालकसहित चार जनाको...

प्रधानमन्त्री कार्कीलाई भेटेर कुलमानले भनेः मैले चुनाव हारे पनि देशले जितेको छ, खुसी छु

२०८२ चैत ७ गते २१:०६

काठमाण्डू, ७ चैत- उज्यालो नेपाल पार्टीले प्रधानमन्त्री सुशीला कार्कीलाई सफलतापूर्वक निर्वाचन सम्पन्न गराएको भन्दै प्रधानमन्त्री सुशीला कार्कीलाई धन्यवाद दिएको छ । अध्यक्ष कुलमान घिसिङ नेतृत्वको एक प्रतिनिधिमण्डलले शनिबार प्रत्रधानमन्त्री निवास बालुवाटारमा भेटेर कार्कीलाई धन्यवाद ज्ञापन गरेको हो । प्रधानमन्त्री कार्कीको निष्ठा र प्रतिबद्धताका कारण...

कमजोर भयो वर्षा गराउने प्रणाली, मौसममा सुधार

२०८२ चैत ७ गते २०:५४

काठमाण्डू, ७ चैत- वर्षा गराउने प्रणाली कमजोर भएसँगै मौसममा सुधार भएको छ । शुक्रबारदेखि सक्रिय भएको वर्षा गराउने प्रणाली कमजोर भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मौसमविद् विभूति पोखरेलले मौसममा सुधार भए पनि प्रिमनसुनका कारण आइतबार पनि सामान्य वर्षा हुने बताइन्...

देश छाडेर भागेको आरोपबीच सिंगापुरबाट हङकङ हुँदै नेपाल फर्कंदैछन् देउवा

२०८२ चैत ७ गते १८:०८

काठमाण्डू, ७ चैत–उपचारका लागि भन्दै सिंगापुर गएका काँग्रेस पूर्वसभापति शेरबहादुर देउवा उतैबाट हङकङ पुगेका छन् । सिंगापुरमा नियमति उपचार सकाएर देउवा हङकङ गएको उनको सचिवालयले जनाएको छ । हङकङ बसाइका क्रममा देउवाले थप उपचार गराउने छन् भने केही पारिवारिक कार्यक्रममा सहभागी हुनेछन् । त्यसपछि...

जातीय विभेद उन्मूलनका लागि आयोग सक्रिय छ : अध्यक्ष मगर

२०८२ चैत ७ गते १७:५७

काठमाण्डू, ७ चैत–राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले नेपालमा विद्यमान जातीय विभेद उन्मूलन गर्न आयोग दृढतापूर्वक सक्रिय रहेको बताएका छन् । शनिबार ६१औँ अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवसका अवसरमा यहाँ आयोजित कार्यक्रममा अध्यक्ष मगरले जातीय विभेद अन्त्यका लागि केवल कानुन निर्माण मात्र पर्याप्त...

सशस्त्रका डिएसपी पौडेले हेडक्वार्टर तानिए

२०८२ चैत ७ गते १७:५४

काठमाण्डू, ७ चैत– सशस्त्र प्रहरी प्रधान कार्यालयले कैलालीको खक्रौलास्थित सीमा सुरक्षा गुल्मका गुल्मपति डिएसपी प्रदीप पौडेललाई जिम्मेवारीबाट हटाएको छ । जिम्मेवारी पुरा गर्न अक्षम रहेको तथा सुरक्षा लापरबाही गरेको भन्दै पौडेललाई प्रधान कार्यालय तानिएको हो । पौडेलसहित घटनाको समयमा ड्युटीमा खटिएका सशस्त्र प्रहरी कर्मचारीलाई...

काँग्रेसबाट औपचारिक रुपमा अलग्गियो नेविसंघ

२०८२ चैत ७ गते १७:३२

काठमाण्डू, ७ चैत–नेपाल विद्यार्थी संघ (नेविसंघ) काँग्रेसको भ्रातृ संस्थाबाट अलग्गिएको छ । नेविसंघको राजधानीमा सकिएको सिनेट बैठकले पार्टीको भ्रातृ संस्थाबाट अलग हुने निर्णय गरेको हो । संघलाई विद्यार्थीको हितग्राही संस्थाका रूपमा अघि बढाउने निर्णय भएको अध्यक्ष डुजाङ शेर्पाले बताए । उनका अनुसार बैठकले कांग्रेसको सिद्धान्त...

हिन्दू–मुस्लिम झडपले कपिलवस्तुको महाराजगञ्ज बर्गदवामा तनाब

२०८२ चैत ७ गते १७:२५

कपिलवस्तु, ७ चैत– स्थानीय प्रशासनले कपिलवस्तुको महाराजगञ्ज बर्गदवामा निषेधाज्ञा जारी गरेको छ । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले शनिबार दिउँसो २ बजेदेखि महाराजगञ्जको पूर्वमा बर्गदी पुल, पश्चिममा बहादुरगञ्ज चोक, उत्तरमा महाराजगञ्ज बजार र दक्षिणमा हर्दौना क्षेत्रमा सभा, जुलुश वा प्रदर्शन गर्न रोक लगाएको हो ।...

पूर्वराजदूत पौडेल नेतृत्वमा सिनामंगलस्थित बागमती नदीबाट निकालयो ३ मेट्रिक टन फोहर

२०८२ चैत ७ गते १७:१७

काठमाण्डू, ७ चैत– ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ सुरु भएको बागमती सफाइ महाअभियानका क्रममा सिनामङ्गलस्थित बागमती पुल क्षेत्रबाट तीन मेट्रिक टन नकुहिने फोहर व्यवस्थापन गरिएको छ । आजको सफाइबाट उठाइएको फोहर काठमाण्डू महानगरपालिकाले व्यवस्थापन गरेको हो । सफाइमा पूर्वमुख्यसचिव एवं चीनका लागि नेपाली राजदूत...

निर्वाचनमा बालअधिकार उल्लंघनका ३५० घटना

२०८२ चैत ७ गते १७:१४

काठमाण्डू, ७ चैत–प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ मा बालअधिकारसम्बन्धी निर्वाचन आचारसंहिता कार्यान्वयन अध्ययन प्रतिवेदनले निर्वाचनअघि र निर्वाचनपछि ३५० उल्लङ्घनका घटना दर्ता भएको देखाएको छ । बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान नेपाल (सिजप) ले आफ्ना सदस्य संस्थाबाट गरिएको स्थलगत अवलोकन, प्रादेशिक सञ्जालबाट प्राप्त प्रतिवेदन, सञ्चारमाध्यमको निगरानी तथा ‘डिजिटल...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us