समाचार

माधव नेपालसहितको भ्रष्टाचार मुद्दामा विशेष अदालतले दियो साक्षी बुझ्ने आदेश

२०८२ माघ १८ गते १४:०३

काठमाण्डू, १८ माघ– पूर्व प्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधव कुमार नेपालसमेत प्रतिवादी रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतले साक्षी बुझ्ने आदेश दिएको छ । पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनी नेपालको जग्गा हिनामिना प्रकरणमा विशेष अदालतले आइतवार साक्षी बुझ्ने आदेश दिएको हो । विशेष...

रहेनन् पत्रकार दिनेश सिटौला

२०८२ माघ १८ गते १४:००

काठमाण्डू, १८ माघ– पत्रकार दिनेश सिटौलाको असामयिक निधन भएको छ । उनी एन्यूरिज्म रप्चर (ब्रेन ह्यामरेजको एक रुप) बाट पीडित रहेका थिए । अछाममा गएका बेला अचानक बेहोस भएर ढलेपछि सिटौलालाई शुक्रबार काठमाण्डू ल्याइएको थियो । ग्राण्डी अस्पतालको भेन्टिलेटरमा राखेर उपचार भइरहेकोमा अहिले चिकित्सकले...

सुशासन, उत्पादनमुखी र युद्ध अर्थतन्त्रबाट मुक्त हुने घोषणा पत्र ल्याउँछौः देव गुरुङ

२०८२ माघ १८ गते १३:३९

काठमाण्डू, १८ माघ– नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले आगामी २१ फागुनमा हुने निर्वाचनको लागि उत्पादनमुखी र युद्ध अर्थतन्त्रबाट नेपाललाई मुक्त हुने गरी घोषण पत्र ल्याउने बताएका छन । आज (आइतबार) नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आयोजना गरेको दलको घोषणा पत्रमा आर्थिक एजेन्डा कार्यक्रममा...

जेनजी आन्दोलनमा फरार कैदी गुल्मीबाट पक्राउ

२०८२ माघ १८ गते १३:३४

काठमाण्डू, १८ माघ– गत २४ भदौमा भएको जेनजी आन्दोलनको क्रममा फरार एक जना कैदी गुल्मीबाट पक्राउ परेका छन । आइतबार बिहान रेसुङ्गा नगरपालिका–८ बसपार्क क्षेत्रबाट फरार कैदीलाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी सहायक हवल्दार बासु मरासिनीको कमाण्डमा खटिएको दुई...

बागलुङका ५५ मतदानस्थल अति संवेदनशील

२०८२ माघ १८ गते १३:२९

काठमाण्डू, १८ माघ– बागलुङमा आगमी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा ५१ प्रतिशत मतदानस्थल अति संवेदनशील सूचीमामा परेको छ । मतदानस्थलको अवलोकनपछि थप सुरक्षा रणनीति अपनाउने तयारी भइरहेको जिल्ला सुरक्षा समिति बागलुङले जानकारी दिएको छ । दुई निर्वाचन क्षेत्र रहेको बागलुङमा रहेका १०७ मतदानस्थलमध्ये...

सबैले पार्टी रोजे, मैले जनताः गोपाल हमाल

२०८२ माघ १८ गते १३:१८

काठमाण्डू, १८ माघ– धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले अरूले पार्टी रोज्दा आफूले भने जनता रोजेको बताएका छन । धनगढीका मेयर हमालले सामाजिक सञ्जालमार्फत एउटा तस्वीर शेयर गर्दै ‘सबैले पार्टी रोजे, मैले जनता रोजेँ ।’ लेखेका छन् । ०७९ को बैशाखमा भएको स्थानीय तहको चुनावमा...

बंग्यादोल खोलामा भटियो युवतीको शव

२०८२ माघ १८ गते १३:०८

काठमाण्डू, १८ माघ– कञ्चनपुरको बंग्यादोल खोलामा अर्धनग्न अवस्थामा युवतीको शव भेटिएको छ । कञ्चरपुरको भीमदत्त नगरपालिका–१० तिल्केनीस्थित शान्ती सामुदायिक वनभित्रको बंग्यादोल खोलामा युवतीको शव फेला परेको प्रहरीले जनाएको छ । पहिचान नखुलेको र अन्दाजी २५ वर्षीया युवतीको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी...

दलका घोषणापत्रमा कहिल्यै आर्थिक मुद्दा प्राथमिकतामा परेनन्ः अध्यक्ष ढकाल

२०८२ माघ १८ गते १२:४९

काठमाण्डू, १८ माघ– नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले राजनीतिक दल आफ्ना आर्थिक ऐजेण्डा स्थापित हुनुपर्ने बताएका छन । आज (आइतबार) नेपाल आर्थिक पत्रकार संघले काठमाण्डूमा आयोजना गरेको ‘दलका घोषणापत्रमा आर्थिक एजेन्डा’ कार्यक्रमा धारणा राख्दै अध्यक्ष ढकालले यस्तो बताएका हुन । उनले अन्य...

कम्युनिष्ट एकता आजको आवश्यकता होः प्रचण्ड

२०८२ माघ १७ गते १६:५८

काठमाण्डू, १७ माघ– पूर्व प्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ राष्ट्रिय शक्तिको आवश्यकता महसुस गरेर नै कम्युनिष्ट पार्टीबीचको एकता बढाइएको बताएका छन । आज (शनिबार) सोलु–काठमाण्डू सम्पर्क समन्वय समितिले आयोजना गरेको ‘निर्वाचन विशेष तथा बृहत् भेला’लाई सम्बोधन गर्दै संयोजक प्रचण्डले...

बालेन लक्षित ओलीको टिप्पणी: ‘बतासका खेती गरिरहेका छन्, कसले खेलाएका हुन् थाहा छैन’

२०८२ माघ १७ गते १६:४४

काठमाण्डू, १७ माघ– पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी २१ फागुनको निर्वाचनमा देश जलाउने कि बनाउने भन्नेबीच प्रतिस्पर्धा हुने बताएका छन । आफूलाई ‘देश बनाउने’ कित्तामा उभ्याउँदै उनले आगामी निर्वाचनमा देश हार्न नहुने बताएका छन । आज (शनिबार) काठमाण्डूको चाबहिलमा ओखलढुंगा–काठमाण्डू...

७२ वर्ष पुगेँ, अझै केही वर्ष भिड्छुः प्रचण्ड

२०८२ माघ १७ गते १६:३६

काठमाण्डू, १७ माघ– पूर्व प्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले आफू ७२ वर्ष पुगे पनि अझै केही वर्ष सक्रिय हुने बताएका छन । संयोजक प्रचण्डले आफूमा अझै केही गर्छु भन्ने जोश रहेको भन्दै युवाहरुलाई पनि प्रशस्त समय र अवसर रहेको पनि...

बाँकेमा १७ वर्षीया किशोरीमाथि जबरजस्ती करणी

२०८२ माघ १७ गते १६:२२

काठमाण्डू, १७ माघ– प्रहरीले बाँकेमा १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक पुरुषलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बैजनाथ गाउँपालिका–६ एच गाउँमा बस्दै आएका ३० वर्षीय अंगतराम अहिर रहेका छन । अहिरलाई प्रहरीले बिहीबार साँझ नियन्त्रणमा लिएको हो। खजुरा गाउँपालिका–७ घर भएका...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us