समाचार

चीनले दियो रास्वपालाई बधाई

२०८२ चैत ७ गते १७:१२

काठमाण्डू, ७ चैत– चीनले नेपालमा प्रतिनिधिसभा निर्वाचन सफलतापूर्वक सम्पन्न भएकामा बधाई दिएको छ । चीनले प्रतिनिधिसभामा सबैभन्दा ठूलो दल बनेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई पनि बधाई दिएको छ । चीनले नेपालसँगको परम्परागत मित्रतालाई अगाडि बढाउँदै व्यावहारिक सहयोगलाई सघन बनाउने र द्विपक्षीय सम्बन्धलाई अघि...

इरानमाथिको आक्रमण रोक्ने ट्रम्पको संकेत

२०८२ चैत ७ गते १७:०८

काठमाण्डू, ७ चैत–अमेरिकाले इरानमाथि आक्रमण रोक्ने संकेत गरेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथिको सैन्य कारबाहीको उद्धेश्य पूरा भएको बताएका छन् । ‘इरानमाथिको सैन्य कारबाहीको सम्पूर्ण सम्पूर्ण उद्धेश्य लगभग पूरा भइसकेको छ’, आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा पोष्ट गर्दै उनले लेखेका छन्, ‘हामी उद्धेश्यको...

चट्याङ लागेर तीन जना घाइते

२०८२ चैत ७ गते १५:३३

बुटवल, ७ कात्तिक- गुल्मीमा चट्याङ लागेर तीन जना घाइते भएका छन् । मालिका गाउँपालिका-२ दर्लिङमा शुक्रबार परेको चट्याङ लागेर तीन जना घाइते भएका प्रहरीले जनाएको छ । चट्याङ लागेर ३२ वर्षीया गोमा खड्का, २९ वर्षीया विष्णु खड्का र २८ वर्षीया निरू खड्का घाइते भएका...

अझै नसुध्रिए एमाले अर्को चुनावमा स्कुटरमा अटाउने गरी खुम्चिन्छः पाण्डे

२०८२ चैत ७ गते १५:२७

बुटवल, ७ कात्तिक- एमाले नेता सुरेन्द्र पाण्डेले अझै कार्यशैलीमा सुधार नगरे पार्टी आगामी निर्वाचनमा अहिलेको भन्दा धेरै खुम्चिने बताएका छन् । बुटवलमा शनिबार आयोजित एक कार्यक्रममा उनले अहिलेका कमजोरी सुधार गर्न नसके पार्टी एउटा स्कुटरमा अटाउने गरी खुम्चिने बताए । । पछिल्लो तीनवटा निर्वाचनमा...

काठमाण्डूमा बसको ठक्करबाट दुई भारतीयको मृत्यु

२०८२ चैत ७ गते १५:१५

काठमाण्डू,७ चैत- काठमाण्डूमा बसको ठक्करबाट दुई भारतीय नागरिकको मृत्यु भएको छ । कालिामाटीबाट त्रिपेरेश्वरतर्फ जाँदैै गरेको बागमती प्रदेश-३-०१-००५ ख९२९८ नम्बरको ओमजनता यातायातको बसले भोटेबहालमा ठक्कर दिँदा भारतीय नागरिक ४५ वर्षीय पदम उपाध्याय र ३७ वर्षीय सतिशकुमार कुसवाहको मृत्यु भएको हो । उपत्यका ट्राफिक प्रहरी...

आज ईद उल फित्र पर्व मनाइँदै

२०८२ चैत ७ गते ११:०२

काठमाण्डू,७ चैत- अरबी पात्रो हिजरी संवतअनुसार नवौँ महिनामा निराहार व्रत गरेका देशभरका मुस्लिम समुदायले आज इद उल फित्र पर्व मनाउँदै छन् । आज विशेष नमाज पाठ गरेपछि तीन दिनसम्म आफुभन्दा ठूला बडाकहाँ गएर आशिर्वाद लिइन्छ । यस पर्वमा आफूभन्दा सानालाई आशीर्वाद दिने गरिन्छ। आशीर्वाद...

दाउन्नेमा सडक चिप्लो भएपछि राजमार्ग बन्द, वैकल्पिक रुटसमेत अवरुद्ध

२०८२ चैत ७ गते १०:५८

काठमाण्डू,७ चैत- लगातारको वर्षाले पूर्व-पश्चिम राजमार्ग अन्तर्गत पर्ने दाउन्ने खण्ड अवरुद्ध हुँदा यातायात सञ्चालन प्रभावित भएको छ । सडक चिप्लो र हिलाम्य बनेपछि मुख्य राजमार्ग पूर्ण रूपमा बन्द भएको हो । राजमार्ग अवरुद्ध हुँदा सयौं यात्रु बीच बाटोमै रोकिएका छन् । वैकल्पिक रूपमा पाल्पा...

गिरिजाप्रसाद कोइरालाको १६औं स्मृति दिवस मनाइँदै, किन सम्झिने कोइरालालाई ?

२०८२ चैत ७ गते १०:५०

काठमाण्डू, ७ चैत-पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको १६ औं स्मृति दिवस आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ ।  चारपटक प्रधानमन्त्री बनेका कोइरालाको २०६६ चैत ७ गते निमोनियाका कारण निधन भएको थियो । उनले नेपालमा  तत्कालीन माओवादीको ‘जनयुद्ध’  अन्त्य गरी शान्ति स्थापनाका लागि...

हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध

२०८२ चैत ७ गते १०:४५

रुकुमपूर्व, ७ चैत- वर्षासँगै भारी हिमपात भएपछि रुकुम पूर्वमा मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । निरन्तरको हिमपातका कारण भुमे गाउँपालिका १ स्थित लुकुम–पातिहाल्ना खण्ड अवरुद्ध भएको प्रहरीले जनाएको छ । लोकमार्ग अवरुद्ध भएका कारण दर्जनौँ यातायातका साधन अलपत्र परेका छन् । रुकुम पूर्वका प्रहरी...

काठमाण्डू उपत्यकामा असिनासहित वर्षा

२०८२ चैत ६ गते १७:१७

काठमाण्डू, ६ चैत– आज (शुक्रबार) काठमाण्डू उपत्यकामा असिनासहित वर्षा भएको छ । वर्षाका कारण जनजीवन सामान्य प्रभावित बनेको छ । जल तथा मौसम विज्ञान विभागले आज अपराह्नपछि नै विशेषगरी तराईका केही जिल्लामा हुरीसहित असिना पानीका कारण मानवीय र भौतिक क्षति हुनसक्ने भन्दै उच्च सतर्कता...

कांग्रेसको चुनावी समीक्षाः चरम गुटबन्दी

२०८२ चैत ६ गते १७:०८

काठमाण्डू, ६ चैत– नेपाली कांग्रेसले फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पार्टीले भोगेको पराजयबारे समीक्षा आज बाट सुरु गरेको छ । आज (शुक्रबार) बसेको कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकमा उपसभापति विश्वप्रकाश शर्माले कांग्रेसको प्रारम्भिक समीक्षा प्रतिवेदन पेस गरेका हुन् । उनले पार्टी पराजय हुनुमा चरम...

विशेष महाधिवेशन नभएको भए योभन्दा कमजोर हुन्थ्यौंः कांग्रेस नेता केसी

२०८२ चैत ६ गते १७:०२

काठमाण्डू, ६ चैत– कांग्रेसका नेता अर्जुननरसिंह केसीले विशेष महाधिवेशन नगरेर चुनावमा गएको भए कांग्रेसको अवस्था अहिलेको भन्दा कमजोर हुने दाबी गरेका छन । आज (शुक्रबार) पार्टीको केन्द्रीय समिति बैठकपछि पत्रकारसँग कुराकानी गर्दै केसीले विशेष महाधिवेशन गरेर गएकै कारण कांग्रेस दोस्रो भएको तर्क गरे ।...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us