चीनले दियो रास्वपालाई बधाई

काठमाण्डु टुडे २०८२ चैत ७ गते १७:१२ मा प्रकाशित

काठमाण्डू, ७ चैत– चीनले नेपालमा प्रतिनिधिसभा निर्वाचन सफलतापूर्वक सम्पन्न भएकामा बधाई दिएको छ ।

चीनले प्रतिनिधिसभामा सबैभन्दा ठूलो दल बनेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई पनि बधाई दिएको छ ।

चीनले नेपालसँगको परम्परागत मित्रतालाई अगाडि बढाउँदै व्यावहारिक सहयोगलाई सघन बनाउने र द्विपक्षीय सम्बन्धलाई अघि बढाउन सहकार्य गर्न तयार रहेको जनाएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us