इरानमाथिको आक्रमण रोक्ने ट्रम्पको संकेत

काठमाण्डु टुडे २०८२ चैत ७ गते १७:०८ मा प्रकाशित

काठमाण्डू, ७ चैत–अमेरिकाले इरानमाथि आक्रमण रोक्ने संकेत गरेको छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथिको सैन्य कारबाहीको उद्धेश्य पूरा भएको बताएका छन् ।

‘इरानमाथिको सैन्य कारबाहीको सम्पूर्ण सम्पूर्ण उद्धेश्य लगभग पूरा भइसकेको छ’, आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा पोष्ट गर्दै उनले लेखेका छन्, ‘हामी उद्धेश्यको नजिकै पुगेका छौं । हाम्रा महान सैनिकहरुले जारी राखेको कारबाही कम गर्ने सोचिरहेका छौं ।’

इरानको आणबिक मिसाइल क्षमता, प्रक्षेपण प्रणलीका अधिकांश संरचना, इरानी प्रतिरक्षा प्रणाली नौसेना, वायुसेना र एन्टी एयरक्राफ्ट हतियार प्रणाली ध्वस्त पार्ने उद्धेश्यले आक्रमण गरिएको र ती सबै लक्ष्य हासिल भएको जिकिर उनको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us