बुटवल, ७ कात्तिक- एमाले नेता सुरेन्द्र पाण्डेले अझै कार्यशैलीमा सुधार नगरे पार्टी आगामी निर्वाचनमा अहिलेको भन्दा धेरै खुम्चिने बताएका छन् ।
बुटवलमा शनिबार आयोजित एक कार्यक्रममा उनले अहिलेका कमजोरी सुधार गर्न नसके पार्टी एउटा स्कुटरमा अटाउने गरी खुम्चिने बताए ।
।
पछिल्लो तीनवटा निर्वाचनमा पुराना सबै पार्टीको आकार खुम्चिएको भन्दै पाण्डेले कार्यशैलीमा सुधार नगरे ‘सामूहिक मलामी’ जानुपर्ने अवस्था आउने टिप्पणी गरे । ०७४ को निर्वाचनमा १७४ सिट जितेको एमालेले विरासत जोगाउन नसकेको उनको भनाइ थियो ।
‘कम्युनिस्टहरू पहिला ३र४ वटा बसमा आउँथे । ०७९ मा आउँदा एउटा बसमा आउने भयौं । अहिले एउटा माइक्रो बसमा अट्ने भयौं । यस्तै अवस्था हो भने अर्को पटक स्कुटरमा आउँछ’ पाण्डेले भने ।
पाण्डेले अर्को निर्वाचनमा पुराना पार्टीले टिकट लिने व्यक्ति समेत नपाउने जिकिर गरे । हार्ने चुनाव लड्न कोही पनि तयार नहुने तर्क पाण्डेको छ ।