काठमाण्डूमा बसको ठक्करबाट दुई भारतीयको मृत्यु

काठमाण्डु टुडे २०८२ चैत ७ गते १५:१५ मा प्रकाशित

काठमाण्डू,७ चैत- काठमाण्डूमा बसको ठक्करबाट दुई भारतीय नागरिकको मृत्यु भएको छ ।

कालिामाटीबाट त्रिपेरेश्वरतर्फ जाँदैै गरेको बागमती प्रदेश-३-०१-००५ ख९२९८ नम्बरको ओमजनता यातायातको बसले भोटेबहालमा
ठक्कर दिँदा भारतीय नागरिक ४५ वर्षीय पदम उपाध्याय र ३७ वर्षीय सतिशकुमार कुसवाहको मृत्यु भएको हो ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसपी नरेशराज सुवेदीका अनुसार बसको ठक्करबाट गम्भीर घाइते भएका उनीहरुको उपचारका क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको हो ।

प्रहरीले बस चालक दोलखा घर भई कपन बस्ने ३५ वर्षीय मानबहादुर बस्नेतलाई पक्राउ गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us