म सिनियर हुँ, संसदीय दलको नेतामा स्वाभाविक दाबी रहन्छः अर्जुननरसिंह केसी

काठमाण्डु टुडे २०८२ चैत ६ गते १४:०३ मा प्रकाशित

काठमाण्डू, ६ चैत– कांग्रेस नेता अर्जुननरसिंह केसीले संसदीय दलेको नेतामा आफ्नो दाबेदारी स्वभाविक रुपमा रहेने बताएका छन । आज (शुक्रबार) केन्द्रीय कार्यसमिति बैठकका लागि पार्टी कार्यालय सानेपा पुगेका केसीले सञ्चारकर्मीसँग कुराकानी गर्दै कांग्रेस नेता केसीले यस्तो बताएका हुन ।

उनले भने, ‘संसदीय दलको नेतामा स्वतस् दाबी हुन्छ । म सबैभन्दा त्यहाँको सिनियर नेता हुँ,’ केसीले सञ्चारकर्मीसँग भने, ‘संसदीय अभ्यास र यात्रामा मैले धेरै ठूलो योगदान गरेको छु । अझ तपाईंहरूमध्ये कोही इतिहासलाई हेर्नुहुन्छ भने ०४७ देखिको संसद् कांग्रेसको सिंगै धानिदिने मध्ये म पनि हुँ ।’

तर, संसदीय दलको नेताको रुपमा सहमतिपूर्ण ढंगबाटै निष्कर्ष निस्कियोस् भन्ने आफ्नो चाहना रहेको जिकिर गरे । ‘सहमतिपूर्ण ढंगले नै निष्कर्ष निस्कियोस् भन्ने छ,’ उनले भने ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us