काठमाण्डू, ७ चैत–नेपाल विद्यार्थी संघ (नेविसंघ) काँग्रेसको भ्रातृ संस्थाबाट अलग्गिएको छ ।
नेविसंघको राजधानीमा सकिएको सिनेट बैठकले पार्टीको भ्रातृ संस्थाबाट अलग हुने निर्णय गरेको हो । संघलाई विद्यार्थीको हितग्राही संस्थाका रूपमा अघि बढाउने निर्णय भएको अध्यक्ष डुजाङ शेर्पाले बताए ।
उनका अनुसार बैठकले कांग्रेसको सिद्धान्त र नीतिप्रति आस्था रहे पनि पार्टीको प्रत्यक्ष प्रभाव र प्रणालीभित्र नरहने कार्यगत स्वायत्ततासम्बन्धी प्रस्ताव पास गरेको छ ।
सिनेट बैठकले विद्यार्थी आन्दोलनलाई सुधार गर्दै कार्यप्रणालीलाई स्वायत्त बनाउने निर्णय लिएको उनको भनाइ छ ।
बदलिँदो समयअनुसार विद्यार्थी आन्दोलनमा सुधारको आवश्यकता महसुस गरे उक्त निर्णयमा पुगिएको शेर्पाले बताएका छन् ।