प्रधानमन्त्री कार्कीलाई भेटेर कुलमानले भनेः मैले चुनाव हारे पनि देशले जितेको छ, खुसी छु

काठमाण्डु टुडे २०८२ चैत ७ गते २१:०६ मा प्रकाशित

काठमाण्डू, ७ चैत- उज्यालो नेपाल पार्टीले प्रधानमन्त्री सुशीला कार्कीलाई सफलतापूर्वक निर्वाचन सम्पन्न गराएको भन्दै प्रधानमन्त्री सुशीला कार्कीलाई धन्यवाद दिएको छ ।
अध्यक्ष कुलमान घिसिङ नेतृत्वको एक प्रतिनिधिमण्डलले शनिबार प्रत्रधानमन्त्री निवास बालुवाटारमा भेटेर कार्कीलाई धन्यवाद ज्ञापन गरेको हो । प्रधानमन्त्री कार्कीको निष्ठा र प्रतिबद्धताका कारण शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न भएको र कठिन अवस्थाबाट मुलुकले सुरक्षित निकास पाउन सम्भव भएको सो पार्टीले जनाएको छ ।

अध्यक्ष घिसिङले आफूले हारे पनि मुलुकले जितेकामा खुसी भएको बताए । ‘म हारे पनि देशले जितेको छm। तपाईँको नेतृत्वमा देशले सेफल्यान्डिङ पाएको छ । यसैमा खुसी छु’, उनले भने । संसदमा नभए पनि बाहिरै बसेर देशका निम्ति काम गर्छु ।’ घिसिङले संसदमा जान सफल नभए पनि बाहिरै रहेर मुलुकको सेवामा सक्रिय रहने प्रतिबद्धता जनाए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us