लिपुलेक नक्सा हाम्रो, नियन्त्रण अरूकैः एमाले नेता बास्कोटा

काठमाण्डु टुडे २०८२ चैत ८ गते १६:१६ मा प्रकाशित

काठमाण्डू, ८ चैत– पूर्व मन्त्री एवं एमाले नेता गोकुल बास्कोटाले नेपाली पक्षको विरोधलाई बेवास्ता गर्दै भारतले नेपाली भूमि लिपुलेक पास प्रयोग गरेर चीनसँग व्यापार गर्ने तयारी गरेकोप्रति निराशा व्यक्त गरेका छन ।

पाँच वर्षदेखि बन्द नेपालको लिपुलेक क्षेत्र हुँदै भारत–चीन व्यापार मार्ग आगामी जुन १ तारिखदेखि खुलाउने घोषणा गरेपछि एमाले नेता बास्कोटाले यस्तो बताएका हुन ।

एमाले नेता बास्कोटालेआइतबार सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘लिपुलेक नक्सा हाम्रो, नियन्त्रण अरूकै भइहाल्यो। एक सय बिस अर्ब डलरको वार्षिक कारोबार गर्ने दुई छिमेकीको योजनाको सानो व्यापारिक नाकाको हामी छेउमा बसेर हेरिरहनुपर्ने भयो । यस्तै हो– शक्ति र समयको संयुक्त प्रहार !’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us