प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ

काठमाण्डु टुडे २०८२ चैत ११ गते १२:४५ मा प्रकाशित

काठमाण्डू, ११ चैत– प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ लिएका छन । आज (बुधबार) शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीलाई शपथ ग्रहण गराएका हुन् ।

गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसका केसी समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित भएका थिए ।

उनी ७८ वर्षका छन् । केसीले राष्ट्रपतिबाट सपथ लिएपछि चैत १२ गते विहीबार प्रतिनिधि सभाका २७४ सदस्यहरुलाई सपथ ग्रहण गराउने छन् । सभामुख निर्वाचित नहुँदासम्म केसीले नै प्रतिनिधि सभा बैठकको अध्यक्षता समेत गर्नेछन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us