अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण

काठमाण्डु टुडे २०८२ चैत ११ गते १३:१३ मा प्रकाशित

काठमाण्डू, ११ चैत– प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले संसद् सचिवालय पुगेर पदभार ग्रहण गरेका छन । सांसद केसीले आजै शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले केसीलाई शपथ ग्रहण गरेका थिए ।

शपथ लगत्तै उनी सिंहदरबारस्थित संसद् सचिवालय पुगेर पदभार ग्रहण गरेका हुन् । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसका केसी समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित भएका थिए । संसद केसी ७८ वर्षका भए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us