जेनजी सम्झौता च्यात्ने सोडारीले प्रधानमन्त्रीसँग मागे माफी

काठमाण्डु टुडे २०८२ चैत ११ गते १३:२६ मा प्रकाशित

काठमाण्डू, ११ चैत– सरकारसँग जेनजीहरूले गरेको सम्झौता च्यात्ने जेनजी मुभमेन्टका अगुवा अजय सोडारीले प्रधानमन्त्री सुशीला कार्कीसँग माफी मागेका छन ।

मंगलबार राति प्रधानमन्त्री निवास बालुवाटार पुगेका सोडारीले प्रधानमन्त्री कार्कीसँग माफी मागेको स्रोतले जानकारी दिएको छ । संविधान पुनर्लेखन नगरेको र शासकीय स्वरुप नफेरेको भन्दै सम्झौता भएकै दिन (मंसिर २४) गते सोडारीले उक्त सम्झौता च्यातेर फालेका थिए ।

सरकार र जेनजीबीच २४ मंसिरमा प्रधानमन्त्री कार्यालयमा भएको सम्झौताका क्रममा पनि सोडारी लगायतका युवाहरू सम्झौता समारोहमा पुगेका थिए । सम्झौता भए लगत्तै उनीहरूले प्रधामन्त्री कार्यालयको हलमा नै सम्झौता च्यातेका थिए ।

उनीहरू त्यबेला पनि कार्यालय परिसरमै हुलदंगा गरेका थिए । उनै सोडारी मंगलबार राति प्रधानमन्त्री कार्कीलाई भेट्न बालुवाटार पुगेका थिए । सम्बद्ध स्रोतका अनुसार, उनले प्रधानमन्त्रीसमक्ष माफी मागेका हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us