सुनसरीमा एक महिला मृत फेला

काठमाण्डु टुडे २०८२ चैत ११ गते १३:०७ मा प्रकाशित

काठमाण्डू, ११ चैत– सुनसरीमा एक महिला मृत अवस्थामा भेटिएकी छन । सुनसरीको इटहरी उपमहानगरपालिका–५ डेरा गरी बस्ने मोरङ मिक्लाजुङ गाउँपालिका–८ घर भएकी ४१ वर्षीया मिना माझी मृत अवस्थामा फेला परेकी नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।

उनी आफ्नै कोठामा बुधबार मृत अवस्थामा फेला परेकी प्रहरीले जनाएको छ । साथै घटनाबारे प्रहरीले थप अनुसन्धान समेत अघि बढाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us