समाचार

पोखरामा टिप्पर र मोटरसाइकल ठोकिँदा एक जनाको मृत्यु

२०८१ जेठ २१ गते १४:२५

काठमाण्डु, २१ जेठ– पोखरामा टिप्पर र मोटरसाइकल ठोकिँदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका घर भई पोखरा १३ काँहुखोला बस्ने बबिता रिमाल रहेका छन । यस्तै दुर्घटनामा अर्का एक जना घाइते छन् । पोखरा–१३ गौडाको मुखमा ग–१...

हिमाली जिल्लाहरूका लागि छुट्टै आर्थिक वर्ष बनाऔँ: ज्ञानबहादुर शाही

२०८१ जेठ २१ गते १४:१९

काठमाण्डु, २१ जेठ– राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले हिमाली जिल्लाहरूका लागि छुट्टै आर्थिक वर्ष बनाउनुपर्ने धारण राखेका छन । आज सोमबार बसेको प्रतिनिधिसभा बैठकमा आ.व. ०८१/०८२ को राजश्व र व्ययको वार्षिक अनुमान माथिको सामान्य छलफलका क्रममा बोल्दै प्रमुख सचेतक शाहीले यस्तो बताएका हुन ।...

कोशी प्रदेशसभा बैठकमा सहभागी हुने कांग्रेस दलको निर्णय

२०८१ जेठ २१ गते १४:११

काठमाण्डु, २१ जेठ– कोशी प्रदेशमा प्रमुख प्रतिपक्षी दल कांग्रेसको संसदीय दलको बैठकले प्रदेशसभाको बैठकमा सहभागी हुने निर्णय गरेको छ । आज सोमबार कांग्रेस कोशी प्रदेश संसदिय दलका नेता उद्धव थापाले पत्रकार सम्मेलन गरी यस्तो निर्णय भएको जानकारी दिएका हुन । थापाले जारी गरेको विज्ञप्तिमा...

गुल्मीबाट बुटवल आउँदै गरेको जिप दुर्घटना हुँदा एक महिलाको मृत्यु

२०८१ जेठ २१ गते १२:४१

काठमाण्डु, २१ जेठ– गुल्मीको पुर्तिघाटमा दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ । भार्सेबाट बुटवलका लागि छुटेको जिप पुर्तिघाटमा दुर्घटनामा परेको हो । सोमबार बिहान गुल्मीको भार्सेदेखि बुटवल आउँदै गरेको ग २ च ३२६२ नम्बरको जिप गुल्मी कालीगण्डकी गाउँपालिका–४ पुर्तिघाट ओकेङ भन्ने स्थानमा दुर्घटनामा...

एकीकृत समाजवादीले बोलायो सचिवालय बैठक

२०८१ जेठ २१ गते १२:३५

काठमाण्डु, २१ जेठ– पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सचिवालय बैठक बोलाएका छन् । आज (सोमबार) दिउँसो साढे १२ बजे बस्नेरी सचिवालय बैठक बोलाएको एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिएका हुन् । सचिवालय बैठकमा महाधिवेशनको तयारी लगायत समसामयिक विषयमा छलफल...

न्युरोडमा सडक विभाग र महानगर प्रहरीबिच विवाद

२०८१ जेठ २१ गते १२:२८

काठमाण्डु, २१ जेठ– काठमाण्डुको न्युरोड क्षेत्रको सडकका विषयमा सडक विभाग र काठमाण्डु महानगर प्रहरीबिच विवाद भएको छ । काठमाण्डु महानगरले फुटपाथ विस्तारका लागि न्युरोड क्षेत्रको सडक भत्काएको सडक विभागले पिच गर्न खोजेपछि विवाद सुरु भएको हो । सडक विभागले सोमबार बिहान सडक पिच लागेपछि...

न्युरोडमा सडक विभागले गरेको पिच रोक्न महानगर प्रहरी न्युरोड पुगेपछि तनाव

२०८१ जेठ २१ गते १२:२२

काठमाण्डु, २१ जेठ– काठमाण्डु महानगर पालिकाले काठमाण्डुको न्युरोड क्षेत्रमा भत्काएको सडक किनारा सडक विभागले बनाएर कालोपत्रे गर्न थालेको छ । महानगरले फुटपाथ फराकिलो बनाउन भन्दै भत्काएको इन्द्रचोकतर्फको सडक विभागले पुरेर कालोपत्रे गरेको हो । महानगरले शनिबार उक्त सडक काटेका थिए । बिना अनुमति सडक...

सरकारको वार्षिक प्रतिवेदन प्रतिनिधिसभामा पेश

२०८१ जेठ २१ गते ११:५६

काठमाण्डु, २१ जेठ– आज सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले नेपाल सरकारको वार्षिक प्रतिवेदन पेश गरेका छन् । आजको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री प्रचण्डका तर्फबाट सञ्चारमन्त्री रेखा शर्माले नेपालको संविधानको धारा ५३ बमोजिमको नेपाल सरकारको वार्षिक प्रतिवेदन आर्थिक वर्ष ०७९/८० पेश गरेकी...

ओली र देउवा प्रचण्डलाई भेट्न बालुवाटार पुगे

२०८१ जेठ २१ गते ११:४७

काठमाण्डु, २१ जेठ– प्रमुख दलका शीर्ष नेता छलफलमा जुटेका छन् । आज सोमबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच...

काठमाण्डु महानगरले भत्काएको बाटो डिभिजन सडकले कालोपत्रे गर्न थाल्यो

२०८१ जेठ २१ गते ११:३९

काठमाण्डु, २१ जेठ– केहि दिन अधि काठमाण्डु महानगरपालिकाले फुटपाथ बनाउने भन्दै भत्काएको बाटो डिभिजन सडक कार्यालय काठमाण्डुले कालोपत्रे गर्न सुरु गरेको छ । भत्काएको सडक सम्याउन महानगरलाई दिएको निर्देशन अटेरी गरेपछि कार्यालय आफैंले कालोपत्रे गर्न सुरु गरेको हो । जवाफमा डिभिजन सडकले महानगरले काटेको...

गिरीबन्धुको टि–स्टेटको जग्गा हिनामिना प्रकरणमा ओलीलाई जोड्दै मेयर बालेनले लेखे: पीडितको बैना फिर्ता गर्नुस

२०८१ जेठ २१ गते ११:२९

काठमाण्डु, २१ जेठ– काठमाण्डु महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले पूर्व प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओलीको कडा शब्दमा आलोचना गरेका छन् । उनले गिरीबन्धुको टि–स्टेटको जग्गा हिनामिना प्रकरणमा ओलीलाई समेत जोड्दै पीडितको बैना फिर्ता गर्न भनेका छन् । बैना लिनेहरूलाई दुई वर्षभित्र गिरीबन्धुकै...

प्रतिनिधि सभाको बैठक बस्दै

२०८१ जेठ २१ गते ९:५९

काठमाण्डु, २१ जेठ– आज सोमबार प्रतिनिधि सभाको बैठक बस्दैछ। संघीय संसद् भवन नयाँ बानेश्वरका बिहान ११ बजे बैठक बस्दै छ । आजको बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको संविधानको धारा ५३ बमोजिमको नेपाल सरकारको वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us