काठमाण्डु, २१ जेठ– नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबिच सोमबार दोस्रो पटक भेटवार्ता भएको छ । सोमवार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा तीन नेताहरूबिच भेटवार्ता भएको स्रोतले जानकारी...
काठमाण्डु, २१ जेठ– लुम्बिनी प्रदेशमा सरकार विस्तार भएको छ । लुम्बिनी प्रदेश सरकारमा १२ औँ मन्त्री मन्त्रीका रूपमा कृष्णा केसी नियुक्त भएका छन । लुम्बिनीमा यसअघि १० वटा मन्त्रालय रहेकोमा भागबन्डा मिलाउन १२ वटा मन्त्रालय पुर्याइएको छ । मुख्यमन्त्री जोख बहादुर महराले सोमबार दिउँसो...
काठमाण्डु, २१ जेठ– प्रहरीले उदयपुरबाट २८० किलोग्रम गाँजा बरामद गरेको छ । हिजो आइतबार बिहान पौने ७ बजे बेलका नगरपालिकाबाट सिसौलिघाटबाट करिब २८० किलो गाँजा बरामद गरेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता एवं डिएसपी शैलेन्द्र थापाले जानकारी दिएका छन । सशस्त्र प्रहरी बल नेपाल सुरक्षा...
काठमाण्डु, २१ जेठ– ललितपुरको गोदावरी नगरपालिका मेयर गजेन्द्र महर्जनसहित १४ जना विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएपछि निलम्बनमा परेका छन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेयर महर्जन सहित ४ कर्मचारी र ९ जना क्रसर सञ्चालकलाई विपक्षी बनाएको छ । आयोगले लेले र नल्लुखका...
काठमाण्डु, २१ जेठ– प्रहरीले अनलाइनमार्फत १६ लाख ६२ हजार रुपैयाँ ठगेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दाङ घोराही उपमहानगरपालिका वडा नम्बर ९ घर भई काठमाण्डुको मित्रनगर बस्ने २१ वर्षीय विरबल घर्ती मगर रहेको प्रहरीले जानकारी दिएको छ । काठमाण्डु उपत्यका...
काठमाण्डु, २१ जेठ– एमाले मकवानपुर अध्यक्षमा श्रीधर पोखरेल विजयी भएका छन । उनले ३ सय १३ मत ल्याएर निर्वाचित भएका हुन् । निकटतम प्रतिस्पर्धी इन्द्रमान स्याङतानले २ सय ६२ मत मात्र प्रप्त गर्न सफल भएका थिए । अध्यक्षमा निर्वाचित भएका पोखरेल एकीकृत समाजवादीबाट एमाले...
काठमाण्डु, २१ जेठ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुरको गोदावरी नगरपालिका मेयर गजेन्द्र महर्जनसहित १४ जना विरुद्ध सोमबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । अख्तियारले एकै कसुरमा पाँचवटा मुद्दा दायर गरेको छ। त्यसको कुल बिगो एक अर्बमाथि रहेको अख्तियार स्रोतले जानकारी दिएको छ...
काठमाण्डु, २१ जेठ– नवलपरासी पूर्वमा हाइटेन्सनको लाइन बनाउने क्रममा एक जना युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा नरेनापुर गाउँपालिका–४ घर भएका २४ वर्षीय कुलदिप गुरुङ रहेको प्रहरीले जानकारी दिएको छ । गरुङको हिजो आइतबार मृत्यु भएको हो । रोयल कन्स्ट्रक्सन कम्पनी प्रा.लि काठमाण्डुमा...
काठमाण्डु, २१ जेठ– पूर्व मन्त्री एवं कांग्रेसका सांसद धनराज गुरुङले चितवनको सौराहामा हनिमुन सिटी बनाउन सरकारसँग माग गरेका छन । आज (सोमबार) बसेको प्रतिनिधिसभा बैठकमा आ.व.०८०/०८२ को राजश्व र व्ययको वार्षिक अनुमान माथिको सामान्य छलफलका क्रममा बोल्दै सांसद गुरुङले यस्तो बताएका हुन । उनले...
काठमाण्डु, २१ जेठ– प्रहरीले फिल्म निर्देशक सुदर्शन थापा पक्राउ गरेको छ । उनी राजधानीको कमलपोखरी क्षेत्रबाट सोमबार पक्राउ परेको प्रहरीले जानकारी दिएको छ । उनीविरुद्ध प्रहरी वृत्त बौद्धमा परेको उजुरीको आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाण्डुका एक अधिकृतले जानकारी दिएका छन । पक्राउ...
काठमाण्डु, २१ जेठ– पोखरामा टिप्पर र मोटरसाइकल ठोकिँदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका घर भई पोखरा १३ काँहुखोला बस्ने बबिता रिमाल रहेका छन । यस्तै दुर्घटनामा अर्का एक जना घाइते छन् । पोखरा–१३ गौडाको मुखमा ग–१...
काठमाण्डु, २१ जेठ– राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले हिमाली जिल्लाहरूका लागि छुट्टै आर्थिक वर्ष बनाउनुपर्ने धारण राखेका छन । आज सोमबार बसेको प्रतिनिधिसभा बैठकमा आ.व. ०८१/०८२ को राजश्व र व्ययको वार्षिक अनुमान माथिको सामान्य छलफलका क्रममा बोल्दै प्रमुख सचेतक शाहीले यस्तो बताएका हुन ।...