काठमाण्डु, २१ जेठ– नवलपरासी पूर्वमा हाइटेन्सनको लाइन बनाउने क्रममा एक जना युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा नरेनापुर गाउँपालिका–४ घर भएका २४ वर्षीय कुलदिप गुरुङ रहेको प्रहरीले जानकारी दिएको छ । गरुङको हिजो आइतबार मृत्यु भएको हो ।
रोयल कन्स्ट्रक्सन कम्पनी प्रा.लि काठमाण्डुमा कार्यरत गुरुङलाई कावासोती नगरपालिका–१६ चालिस किलो जंगलमा हाइटेन्सनको लाइन बनाउने क्रममा करेन्ट लागेको थियो ।
करेन्ट लागेर गम्भीर घाइते भएका उनको मध्यबिन्दु जिल्ला अस्पताल डन्डामा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।