काठमाण्डु, २१ जेठ– पूर्व मन्त्री एवं कांग्रेसका सांसद धनराज गुरुङले चितवनको सौराहामा हनिमुन सिटी बनाउन सरकारसँग माग गरेका छन ।
आज (सोमबार) बसेको प्रतिनिधिसभा बैठकमा आ.व.०८०/०८२ को राजश्व र व्ययको वार्षिक अनुमान माथिको सामान्य छलफलका क्रममा बोल्दै सांसद गुरुङले यस्तो बताएका हुन । उनले पर्यटन प्रवर्द्धनका लागि चितवनको सौराहामा हनिमुन सिटी बनाउनुपर्ने बताएका छन ।
उनले नवविवाहित जोडीहरू घुम्न जाने सहरको रूपमा हनिमुन सिटी बनाउनुपर्ने पनि बताएका हुन । त्यस्तै रारा तालमा १ हजार जोडी अट्ने हनिमुन सिप बनाउनुपर्ने पनि गुरुङको भनाइ छ ।
रारालाई पनि हनिमुन मनाउन जाने ठाउँको रूपमा विकास गर्नुपर्ने भन्दै उनले यसो गरेमा पर्यटन प्रवर्द्धनमा सघाउ पुग्ने बताएका छन । उनले आगामी दिनमा डाँडामा भ्युटावर बनाउन नहुनेमा जोड समेत गरेका छन ।
उनले भने, ‘यसमा एउटा कुरा अझै पुगेन । वेडिङ हब्स पनि भयो, बर्थिङ हब्स पनि भयो । अब एउटा हनिमुन हब्स भएन । हनिमुन सिटी भएन ।
हनिमुन सिटी पनि कहीँ न कहीँ राखिदिँदा के फरक पर्छ रु चितवनको सौराहामै हनिमुन सिटी बनाइदिऔँ’ । उनले हनिमुन हब बनाए विवाहित जोडीहरू त्यहाँ जाने हात्ती चढ्ने र घुम्ने बताए ।
‘त्यसैले हनिमुन सिटी, रारा ताल मात्रै हेर्न जानुभन्दा पनि त्यहाँ एउटा हनिमुन सीप बनाइदिऔँ । १ हजार जोडी अट्ने सिप बनाइदिऔँ । हनिमुन सीपमा गएर हनिमुन मनाउँछन् । के फरक पर्छ रु यसरी पर्यटन प्रवर्द्धन गर्दै जानुपर्छ ।
अर्को कुरा भन्नै पर्छ । नो नट अगेन भ्यु टावर । डाँडामा भ्यु टावर बनाएका छौँ भएको डाँडालाई खत्तम बनाएका छौँ । त्यसैले नो नट अगेन भ्यु टावर भन्नु आवश्यक छ’, गुरुङको भनाइ छ ।