अनलाइनमार्फत १६ लाख ६२ हजार ठगेको आरोपमा एक जना पक्राउ

काठमाण्डु टुडे २०८१ जेठ २१ गते १६:०९ मा प्रकाशित

काठमाण्डु, २१ जेठ– प्रहरीले अनलाइनमार्फत १६ लाख ६२ हजार रुपैयाँ ठगेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा दाङ घोराही उपमहानगरपालिका वडा नम्बर ९ घर भई काठमाण्डुको मित्रनगर बस्ने २१ वर्षीय विरबल घर्ती मगर रहेको प्रहरीले जानकारी दिएको छ ।

काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले एक जनालाई पक्राउ गरेको हो । उनले फेसबुक, ह्वाट्सएप, इन्स्टाग्राम, भाइबर लगायत एपमार्फत सम्पर्क गरी आइफोन, घडी, लेडिज ब्याग, सुनका गरगहना, डलरसहितको लगेज कुरियरमार्फत पठाएको छु भनेर विश्वासमा लिने गरेका थिए ।

विश्वासमा लिएर कस्टम चार्ज, एण्टी मनी लाउन्डरिङ लगायतको चार्जको लागि रकम लाग्छ भनेर बैंक खातामा १६ लाख ६२ हजार रुपैयाँ पठाउन लगाएको प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us