समाचार

चितवनमा जिप दुर्घटना, ६ भारतीय पर्यटक घाइते

२०८१ जेठ २० गते १७:१८

काठमाण्डु, २० जेठ– चितवनमा पर्यटक बोकेको जिप दुर्घटना हुँदा ६ भारतीय नागरिक घाइते भएका छन । चितवनको कुमरोज सामुदायिक वन हुँदै चितवन राष्ट्रिय निकुञ्जतर्फ जाँदै गरेको ना–४ च ८८५५ नम्बरको जिप आज खैरहनी नगरपालिका–१२ दराई ताल नजिक दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।...

बजेट निर्माणमा सत्ता साझेदार दलसँग छलफल गरेको भए अझै राम्रो हुने थियो: एमाले

२०८१ जेठ २० गते १७:०२

काठमाण्डु, २० जेठ– पूर्व अर्थमन्त्री एवं एमालेका सांसद विष्णु पौडेलले अर्थमन्त्री वर्षमान पुनले बजेट निर्माणका क्रममा सत्ता साझेदार दलहरूसँग छलफल गरेको भए अझै राम्रो बजेट ल्याउन सकिने बताएका छन । आज (आइतबार) बसेको प्रतिनिधि सभा बैठकमा बजेटमाथि सुरु भएको छलफलमा बोल्दै पूर्वअथृमन्त्री पौडेलले यस्तो...

मदन भण्डारी विश्वविद्यालयलाई बजेट छैन: एमाले सांसद बास्कोटा

२०८१ जेठ २० गते १६:५४

काठमाण्डु, २० जेठ– एमाले सांसद गोकुल प्रसाद बास्कोटाले देशको आधा जनसङ्ख्यालाई सम्बोधन गर्नेगरी आएको प्रधानमन्त्रीसँग छोरी आत्मनिर्भर कार्यक्रम राम्रो रहेको बताउँदै त्यसका लागि बजेट कम भएको दाबी गरेका छन । आज (आइतबार) बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै एमाले सांसद बास्कोटाले यस्तो बताएका हुन ।...

प्रचण्ड र ओलीबिच भेटवार्ता

२०८१ जेठ २० गते १६:४१

काठमाण्डु, २० जेठ– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा दुई नेताबिच अहिले भेटवार्ता जारी रहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । दुई नेताबिच बजेट र मधेस प्रदेशको सरकार...

देशभरका स्थानीय तह आन्दोलित, प्रधानमन्त्री र अर्थमन्त्री भेट्न काठमाण्डु आए प्रमुखहरू

२०८१ जेठ २० गते १६:३३

काठमाण्डु, २० जेठ– सरकारले अनुदानको रकम नपठाएको र नयाँ बजेटमा थप कटौती गरेको भन्दै देशभरका स्थानीय निकायहरुले विरोध जनाएको छ । गाउँपालिका र नगरपालिका प्रमुखहरू नेकपा माअ‍ेवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र अर्थमन्त्री वर्षमान पुनलाई भेटेर ध्यानाकर्षण गराउने भन्दै काठमाण्डुमा आई...

‘कांग्रेसले संसदमा अपशब्द बोल्यो’: एमाले

२०८१ जेठ २० गते १५:३०

काठमाण्डु, २० जेठ– एमालेका सांसद दामोदर पौडेल वैरागीले प्रतिनिधि सभा बैठकमा एमाले अध्यक्ष ओलीमाथि कांग्रेस सांसदको दुर्व्यवहार र सभामुखप्रति गरेको व्यवहारले संसद्को गरिमा घटाएको बताएका छन । आज आइतबार बसेको प्रतिनिधि सभा बैठकमा विशेष समयमा लिएर ब बोल्दै सांसद वैरागीले यस्तो बताएका हुन ।...

१० औँ राष्ट्रिय महाधिवेशनको लागि एकीकृत समाजवादीले सार्वजनिक गर्‍यो लोगो

२०८१ जेठ २० गते १४:५४

काठमाण्डु, २० जेठ– पूर्व प्रधानमन्त्री माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीले आफ्नो १० औँ राष्ट्रिय महाधिवेशनको लागि लोगो सार्वजानिक गरेको छ । आज (आइतबार) एकीकृत समाजवादीको मुख्याल आलोकनगरमा पत्रकार सम्मेलन गरी महाधिवेशनको लोगो सार्वजनिक गरीएको हो । लोगोमा दक्षिणपन्थी यथास्थितिवादको विरोध गरौँ, समाजवादी...

सहमतिमै नेतृत्व चयनको प्रयास भइरहेको छ: नेता खनाल

२०८१ जेठ २० गते १४:४४

काठमाण्डु, २० जेठ– पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पार्टीको १० औँ राष्ट्रिय महाधिवेशनमार्फत सकेसम्म सहमतिमै नेतृत्व चयन गर्ने प्रयासमा रहेको बताएका छन । आज (आइतबार) पार्टी प्रचार विभागले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता खनालले यस्तो बताएका हुन ।...

प्रधानमन्त्रीसँग भर्खर संवाद गरेर आएको छु, छलफल सकारात्मक छ: माधव नेपाल

२०८१ जेठ २० गते १४:३७

काठमाण्डु, २० जेठ– पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग वार्ता र संवाद जारी रहेकाले मधेस प्रदेश सरकारबारे अन्तिम निर्णय गर्न बाँकी रहेको बताएका छन । यद्यपि...

गिरिबन्धु र टेरामक्सका फाइल खोल्न पनि रास्वपा तयार छ: मनिष झा

२०८१ जेठ २० गते १४:१२

काठमाण्डु, २० जेठ– रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गिरिबन्धु टी इस्टेटलगायत सार्वजनिक भएका अनियमितता तथा भ्रष्टाचारका फाइल खोल्नुपर्ने बताएको छ । आज (आइतबार) बसेको प्रतिनिधि सभाको बैठकमा पार्टीका तर्फबाट बोल्दै रास्वपाका सहप्रवक्ता समेत रहेका सांसद मनिष झाले यस्तो बताएका हुन ।...

गृहमन्त्रीको अभिव्यक्ति संसद्को रेकर्डबाट नहटाए हिसाब किताब गरिन्छ: महामन्त्री थापा

२०८१ जेठ २० गते १२:२७

काठमाण्डु, २० जेठ– कांग्रेस महामन्त्री गगन थापाले उपप्रधान एवं गृहमन्त्री समेत रहेका रास्वपा सभापति रवि लामिछानेको विवादित अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन माग गरेका छन । आज (आइतबार) प्रतिनिधिसभाको बैठकमा बोल्दै महामन्त्री थापाले यस्तो बताएका हुन । गृहमन्त्री लामिछानेले ‘देशको सूचना बेच्ने एजेन्ट’ भएको सङ्केत...

इलाममा आमा छोराले एकै ठाउँमा झुन्डिएर गरे आत्महत्या

२०८१ जेठ २० गते १२:२१

काठमाण्डु, २० जेठ– इलाम नगरपालिका–२, सुम्बेकका आमा छोराले झुन्डिएर आत्महत्या गरेका छन् । शनिबार बिहान आमा ४३ वर्षीय फूलमाया तामाङ र उनका छोरा अन्दाजी २० वर्षका जीवन तामाङ एकै ठाउँमा झुन्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जानकारी दिएको छ । दुवै जनाले घरको दलिनमा...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us