प्रचण्ड र ओलीबिच भेटवार्ता

काठमाण्डु टुडे २०८१ जेठ २० गते १६:४१ मा प्रकाशित

काठमाण्डु, २० जेठ– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा दुई नेताबिच अहिले भेटवार्ता जारी रहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

दुई नेताबिच बजेट र मधेस प्रदेशको सरकार गठनबारे छलफल भएको स्रोतले जानकारी दिएको छ । अध्यक्ष ओलीले बजेट निर्माणका क्रममा आफूहरूसँग छलफल नगरेको भन्दै शनिबार असन्तुष्टि व्यक्त गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us