गृहमन्त्रीको अभिव्यक्ति संसद्को रेकर्डबाट नहटाए हिसाब किताब गरिन्छ: महामन्त्री थापा

काठमाण्डु टुडे २०८१ जेठ २० गते १२:२७ मा प्रकाशित

काठमाण्डु, २० जेठ– कांग्रेस महामन्त्री गगन थापाले उपप्रधान एवं गृहमन्त्री समेत रहेका रास्वपा सभापति रवि लामिछानेको विवादित अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन माग गरेका छन ।

आज (आइतबार) प्रतिनिधिसभाको बैठकमा बोल्दै महामन्त्री थापाले यस्तो बताएका हुन । गृहमन्त्री लामिछानेले ‘देशको सूचना बेच्ने एजेन्ट’ भएको सङ्केत गर्दै आफूविरुद्ध दिएको अभिव्यक्ति संसद्को रेकर्ड बाट हटाउनुपर्ने उनले बताएका छन ।

उनले भने, ‘ गृहमन्त्रीले यो संसदमा सूचना बेच्ने मान्छे पनि छ । संसदमा सूचना बेच्ने मान्छे छ भने त्यो देश द्रोही हो । त्यसलाई सदनबाट निकाल्ने मात्र होइन । त्यसलाई गिरफ्तार गर्नुपर्छ ।

देशद्रोहको मुद्दा लगाउनुपर्छ । थुन्नुपर्छ ।’ गृहमन्त्री बरालिए भन्दैमा आफूहरू नबरालिने पनि महामन्त्री थापाले बताएका छन । उनले भने ‘हामीले त हिसाब–किताब लिनै पर्छ ।

यो हिसाब किताब गृहमन्त्रीसँग लिएर मात्र अर्थ भएन । हिसाब किताब त प्रधानमन्त्रीसँगै लिने हो , कि प्रधानमन्त्रीले संसदमा आएर त्यसको जिम्मा लिनुपर्छ । होइन भने संसद्को रेकर्डबाट हटाउनुपर्छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us