काठमाण्डु, २१ जेठ– प्रहरीले उदयपुरबाट २८० किलोग्रम गाँजा बरामद गरेको छ । हिजो आइतबार बिहान पौने ७ बजे बेलका नगरपालिकाबाट सिसौलिघाटबाट करिब २८० किलो गाँजा बरामद गरेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता एवं डिएसपी शैलेन्द्र थापाले जानकारी दिएका छन ।
सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश रामपुरबाट खटिएको टोलीले सिसौली घाटको जंगलमा ६ वटा बोरा लुकाएर राखेको फेला परेको प्रहरीले जानकारी दिएको छ ।
उक्त बोराभित्र गाँजासँगै सानो ठेला गाडा र दुई वटा ट्युब पनि फेला परेको थियो। डिएसपी थापाका अनुसार तस्करले ट्युबमा राखेर कोशी नदी हुँदै तस्करी गर्न लागेको आशंका रहेको छ ।
बरामद गाँजा र अन्य सामान आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रियामा सशस्त्र प्रहरीले जानकारी दिएको छ ।